धरान: उच्च शिक्षालय तथा माध्यमिक बिद्यालय संघ (हिसान) सुनसरीको अध्यक्षमा सागरप्रसाद भटराई निर्वाचित भएका छन् । 

इटहरीमा आज (शनिबार) सम्पन्न पांचौ जिल्ला अधिबेशनले भटराईको अध्यक्षतामा १५ सदस्य नया कार्यसमिती निर्बिरोध निर्वाचित गरेको हो । नवनिर्वाचित कार्यसमितीको बरिष्ठ उपाध्यक्षमा पेशल पोखरेल, उपाध्यक्षमा नेत्रप्रसाद सुबेदी, सचिवमा हेमन्त भण्डारी र कोषाध्यक्षमा अनन्तप्रसाद सुबेदी निर्बिरोध निर्वाचित भएका छन्। 

कार्यसमितीको सदस्यहरुमा अर्जुन प्रसाद न्यौपाने, मुक्तिराज सुबेदी, बिशाल कार्की, रितेश चौधरी, अनिल श्रेष्ठ निर्वाचित भएका छन । यस्तै अन्य सदस्यमा शान्तिराम गौतम, सुवास लुईटेल, फडिन्द्र थापा, करन चेम्जोंग र केशव भटराई निर्वाचित भएको निर्वाचन समितीका सदस्य अर्जुन सुबेदीले जानकारी दिए । 

अधिबेशनको हिसानका केन्द्रिय अध्यक्ष रमेश शिलवालले उद्धघाटन गरेका थिए । अधिबेशनले शिक्षा क्षेत्रमा योगदान पुर्याएको भन्दै दुई जनालाई सम्मान गरेको छ । कार्यक्रममा २५ हजार राशीको हिसान शिक्षा पत्रकारिता पुरस्कारबाट पत्रकार हिमाल दाहाल र हिसान शिक्षा सम्मान पुरस्कारबाट महेन्द्र मोमोरियल उच्च माबिका संस्थापक स्वर्गीय कृष्णराज शाक्यलाई मरोणप्रान्त सम्मान गरिएको छ ।