बैशाख ३० गतेको स्थानीय तह निर्वाचनमा धरानको वडा नं १७ को वडाअध्यक्षमा नेकपा एमालेले कल्पना शेर्पा लाई उम्मेद्वार बनाएको छ । धरानको २० वटा वडामा एमालेबाट महिला वडाअध्यक्ष उम्मेद्वार शेर्पा मात्र हुन् । विद्यार्थीकालबाटै राजनीतिमा होमिएकी नेतृ हुन् शेर्पा । २०२५ सालमा खोटाङको सिम्पानीमा जन्मिएकी शेर्पा काठमाडौंको पद्मकन्या क्याम्पसमा अध्ययन गर्ने क्रममा २०४६ सालमा अनेरास्ववियुमार्फत मार्फत राजनीतिमा प्रबेश गरेकी थिइन् । विद्यार्थी राजनीतिमा प्रायः उनी कार्यक्रममा जनवादी गीत, नृत्य प्रस्तुत गर्थिन् । 

काठमाडौंमा रहदा उनी काठमाडौं खोटाङ सम्पर्क मञ्चमा पनि रहेर काम गरिन् । २०५१ साल यता भने शेर्पा पार्टी जिवनमा सक्रिय रुपमा छिन् । २०५८ साल यता एमाले धरानमा नगर कमिटिमा रहेर काम गरेकी नेतृ शेर्पा हाल पार्टीको सुनसरी जिल्ला कमिटी सदस्य छिनज् भने लोकतान्त्रिक जनजाती महासंघ सुनसरीको इन्चार्ज पनि हुन् । उनी नेपाल शेर्पा महिला संघ सुनसरीको अध्यक्ष छिन् भने धरानको हिमालयन महायान देक्षेन छ्योलिङ गुम्बाको पूर्व अध्यक्ष समेत हुन् । विभिन्न सामाजिक संघसंस्थामा नेतृत्वदायी भुमिकामा रहेकी शेर्पालाई एमालेले धरान वडा नं १७ को वडाअध्यक्षमा उठाएको छ । चुनावी अभियानमा ब्यस्त छिन् । रहेको बेला उम्मेद्वार शेर्पासँग गरिएको छोटो कुराकानी प्रस्तुत गरेका छौं:


प्रश्न: तपाईले वडाअध्यक्षमा उम्मेद्वारी किन दिनु भएको ?

उत्तर: महिलाहरुको आवाज बुलन्द गर्न, विकासलाई निकास दिनको लागि हो । महिलाहरुको रोजगारी, स्वास्थ्य शिक्षा, हरेक कुरामा अगाडि बढाउनको लागि मेरो उम्मेद्वारी हो । 


प्रश्न: तपाईको विकासको एजेण्डा के के छन् ?

उत्तर: वडामा भोट मागिरहदा, घरदैलो गरिरहदा पहिलो नम्बरमा पानी, दोस्रोमा बाटो र त्यसपछि रोजगारी आवश्यक भएको देखेँ । मैले भन्ने गरेको छुँ । एक घर एक उद्यमी हुन जरुरी देखेँ । यसको लागि स्थानीय वडाको बजेट बनाइरहदा यो भन्दा अघिका अध्यक्षहरुले नछुट्याएको पाए । कुनै पनि टोलमा जादा महिला मैत्री बजेट नभएको पाएँ ।

kalpana-sherpa2

प्रश्न: तपाईले आफ्नो वडामा समस्याहरु के के देख्नु भयो ?

उत्तर: महिलाहरु हस्पिटलसँग जोडिन गाह्रो छ । यहाँ विपन्न, सुकुम्बासी धेरै छ । पैसा धेरै भएकाहरु मात्र पुग्छन् । तसर्थ, यहाँ वडामा भएको सहरी स्वास्थ्यमा वीपी हस्पिटलको डाक्टर ल्याएर सजिलो उपचार गराउन सक्छौ । सुत्केरी हुने महिलाहरुलाई प्रसुती यही गराउने व्यवस्था गर्न सकिन्छ । वीपी हस्पिटलमा ज्यादै भिडभाड हुन्छ, यही सजिलै गर्न सक्छौ । सरकारी हस्पिटलमा लगातार ४ पटक देखाएको छ भने १ हजार र लत्ताकपडा दिने व्यवस्था छ, तर यो बाट उहाँहरु बञ्चित हुनुहुन्छ । कतिको घरमा यो कुरा पुगेको छैन ।

अर्को कुरा, बित्तिय संस्था छैन, यहाँ वृद्धवृद्धाहरुलाई भत्ता लिन समस्या । वडा १७ बाट बजार पुग्नुपर्छ, कतिलाई त एम्बुलेन्स नै चाहिन्छ । यो काम यहीँ गर्न सकिन्छ । हाम्रो कर्मचारी राखेर, बैंकबाट २ जना कर्मचारी र एउटा कम्युटर ल्यायौं भने सुरक्षा दिन यहीँ प्रहरी चौकी छ। ज्येष्ठ नागरिकहरुलाई यसरी राहत दिन सकिन्छ ।

अर्को सामुदायिक विद्यालयहरुलाई प्रमोट गरेर गुणस्तरीय शिक्षा दिनुपर्छ । राम्रो शिक्षा यहीँ दिन सकिन्छ । राम्रो शिक्षा नपाउदा बालबच्चाहरु कुलतमा फसेका छन् । घरमा महिला शिक्षिक भइन् भने बच्चाहरुलाई राम्रो बनाउन सकिन्छ ।

यहाँ एन्फा सेन्टर छ, यहाँका बच्चाहरुले खेल्ने अवसर पाएको छैन । युवालाई पनि खेलकुदमा जोड्नुपर्यो, रोजगारीमा जोड्नुपर्यो । एक घर एक उद्यमी बनाउनुपर्छ, जे जे सिपहरु सिकाउछौ, त्यहाँ औजार पनि चाहिन्छ, त्यसैको लागि म उम्मेद्वार भएको हुँ ।


प्रश्न: तपाईको प्रमुख प्रतिस्पर्धी २०७४ मा जितेको वडाअध्यक्ष पनि हुनुहुन्छ, तपाईको जित्ने आधार कतिको वलियो छ ?

उत्तर: मैले घरदैलो घरिरहदा जित्ने सम्भावना प्रवल देखे । यो भन्दा अघिका पुरुषहरु वडाअध्यक्ष भए, तर महिला मैत्री भएन । तसर्थ महिलाहरु सबै लाग्नुभएको छ । महिलालाई नै हरायौ भने महिलाले के अधिकार खोज्छौ त भनेर अन्य पार्टीको महिलाहरुले आश्वासन दिइरहनु भएको छ । घरमै भेट्न आइरहनु भएको छ । जितको सुनिश्चित जस्तो अनुभूति गरिरहेको छुँ । 

kalpana-sherpa4


प्रश्न: तपाईको वडामा सुकुम्बासी वस्ती धेरै छ, सुकुम्बासीहरुको लागि के योजना छ ?

उत्तर: घरदैलो गर्दै गर्दा स्वर्गीय मेयर तारा सुब्बाले घर नम्बरीङ गरेको पाँए । त्यो जन्मदर्ता जस्तै हो । अब नागरिकता दिनको लागि, नागरिकता भनेको धनीपुर्जा हो, त्यो दिनको लागि प्रधानमन्त्री हुँदा पार्टी अध्यक्ष केपी शर्मा ओलीले थालिसक्नु भएको थियो । आयोग नै बनेको जिथयो तर सरकार छोड्नुपर्दा विघटन भयो । तथापी कागजपत्र रेडी छ, एमालेको सरकार बन्ने बित्तिकै यो १७ नम्बर वडालाई मात्र होइन, देशैभर सुकुम्बासीहरुलाई विस्थापित होइन, स्थापित गर्ने लक्ष्य छ । त्यसैले त्यो १७ मा पनि लागु हुनेछ, लागु गर्नेछुँ भन्ने प्रतिवद्धता गर्न चाहन्छुँ । 


प्रश्न: धरानमा खानेपानीको एकदम ठुलो समस्या हो, १७ मा पनि समस्या छ कि छैन ?

उत्तर: वडा १७ मा पहिला खानेपानीको समस्या थिएन । जब यो वितरण गर्न सबै वडातिर लैजादै गर्दा विज्ञ नलिएकोले गर्दा हामीलाई नै गाह्रो भइरहेको छ । शुरुमा हाम्रो मोटरले तान्ने पानी मोटर नै अरुलाई दिइसकेको थिए । ३, ४ तलामा आफै पानी चढ्दै थियो,अ हिले नै तल्लो घरमा छ, माथ्लो घरमा छैन । पल्लो घरमा छ, अलि तल्लो घरमा छैन । यो वितरण गर्न नजानेको हो । कति त पानी तल खोलामा तानेर बगाइरहेको अवस्था छ । समाधान गर्न चासो दिएको छैन, विज्ञ लिएर काम गर्यौ भने सबैको घरमा पानी पुग्छ । 


प्रश्न: अन्त्यमा तपाईले भन्नु केही छ कि ?

उत्तर: म हरेक महिलाहरुको आवाजलाई बुलन्द गर्न, र यस क्षेत्रलाई महिला मैत्री बनाउनको लागि सुर्यमा भोट लगाएर विजयी गराइदिनु होला । त्यसपछि हामी टोल टोलका महिलाहरुसँग सहकार्य गरेर आवश्यकता अनुसार काम गर्नेछौं ।

भिडियो: