धरान: धरानको वडा नं ८ मा नेकपा एमालेको प्यानल विजयी भएको छ । 

वडाअध्यक्षमा एमालेका धनबहादुर राई १७२५ मत प्राप्त गरेर निवार्चित भएका छन् । उनका निकटतम प्रद्धिन्दी नेपाली कांग्रेसका उत्तमकुमार राईले ९०८ मत प्राप्त गरेका छन् । नेकपा माओवादी केन्द्रका उम्मेदवार कृपा राईले ३३३ मत प्राप्त गरिन् ।

यसैगरि, वडाको महिला सदस्यमा देवी लामा पाख्रिन १६७८ मत प्राप्त गरेर निवार्चित भइन् भने दलित महिला सदस्यमा सावित्रा परियारले १७१७ मत पाएर विजयी भइन् । खुला सदस्यमा देवीप्रसाद पोखरेल १६०५ र रविन्द्र श्रेष्ठले १६५१ मत पाएर निवार्चित भएको निर्वाचन अधिकृतको कार्यालयले जानकारी दिएको छ । 

dhan-bdr-rai