धरान: धरानमा ३० हजार मतगणना हुँदा मेयरमा स्वतन्त्र उम्मेद्वार हर्क साम्पाङले मतान्तर बढाएर अग्रता लिएका छन् ।

निर्वाचत अधिकृतको कार्यालयले मध्याह्न १२ बजेसम्म ३० हजार ४५९ मतगणना सकिदा साम्पाङ ८८१८ मत प्राप्त गरेर अग्रता कायम गरेका छन् । उनलाई पछ्याइरहेका गठबन्धनका मेयर उम्मेद्वार किशोर राईले ८६७८ मत प्राप्त गरेका छन् । नेकपा एमालेकी उम्मेद्वार मञ्जु भण्डारीले ७०६६ मत प्राप्त गरेकी छिन् ।

उपमेयरमा भने गठबन्धनका उम्मेद्वार अइन्द्रबिक्रम बेघाले ९७४५ मत प्राप्त गरेका छन् । एमालेका उम्मेद्वार पदम इस्वोले ९४०१ मत प्राप्त गरेका छन् । धरानको वडा १, २, ३, ४, ५, ६, ७, ९, १०, १८ र १९ को मतगणना सम्पन्न भइसकेको छ । अहिले वडा नं ८, ११ र १२ को मतगणना जारी छ । वडा नं २० को मतगणना स्थगित गरिएको छ । 

data 1