धरान: धरानको वडा नं १९ मा नेकपा एमालेको प्यानल विजयी भएको छ । 

वडाको खसेको मतको गणना सम्पन्न हुँदा एमालेका अध्यक्षका उम्मेद्वार पुर्ण लिम्बु ९२८ मत प्राप्त गरेर विजयी भएका हुन् । उनी वडाअध्यक्षमा लगातार दोस्रो पटक निवार्चित भएका हुन् । २०७४ को स्थानीय तह निर्वाचनमा पनि उनको प्यानल वडामा निवार्चित भएको थियो ।

निकटतम प्रतिद्धन्दी राजकुमार थोप्राले ८५४ मत प्राप्त गरेका छन् । जनता समाजवादी पार्टीका वडाअध्यक्षका उम्मेद्वार सुमन चेम्जोङले १९६ मत प्राप्त गरेका छन् । 

यसैगरि, महिला सदस्यतर्फ एमालेकै झुमादेवी गुरुङ ९५३ मतका साथ निवार्चित भइन् भने दलित महिला सदस्यमा चन्द्रमाया बिक ९२७ मतका साथ निवार्चित भइन् । यस्तै, खुला सदस्यमा जसरथ थलङ ८९८ मत र लोकेन्द्र राई ८८७ मतका साथ निवार्चित भएका छन् ।