धरान: प्रकृति पुजक किरात राई समुदायले शनिबार धरानको भानुचोकमा धुमधामसँग साकेला उभौली मनाएका छन् । 

किरात राई यायोक्खा धरान नगर कार्यसमितिको आयोजनामा भानुचोकमा यलम्बर सम्बत ५०८२ को शुभकामनासहित उभौली मनाएको हो । बैशाखे पुर्णिमाको दिनदेखि विधिवतरुपमा ढोल झ्याम्टा फुकाएर करिब १५ दिन (औशी)सम्म धुमधामसँग साकेला सिली नाचेर उभौली मनाउने गरिन्छ । धरानमा हरेक बर्ष उभौलीको अवसरमा दुई सातासम्म विभिन्न कार्यक्रमहरु आयोजना गरि मनाउने गरेको छ ।

sakela8

शनिबार भानुचोकमा प्रदेश १ का सभामुख प्रदिपकुमार भण्डारीको प्रमुख आतिथ्यमा कार्यक्रम भएको थियो । विभिन्न वडा कार्यसमितिहरुले साकेला नाच प्रर्दशनी पनि गरेका थिए । भानुचोक क्षेत्र ढोल झ्याम्टाको तालमा साकेलामय भएको थियो । राईहरुले समय साल राम्रो होस्, अन्नवाली सप्रियोस, सह बसोस् र अनिकाल नलागोस्, सबै जीव प्राणीहरुमा सुख शान्ति छाओस् भन्दै सिमेभुमे पूजा गरी साकेला नाचेर नयाँ अन्नबाली लगाउने गर्छन् । यो चाडलाई नै साकेला उभौली भनिन्छ ।

sakela14

सुनसरीमा साकेला उभौलीको अवसरमा यायोक्खाले साकेला सिली संरक्षण, संर्वद्धन, विकास र मौलिकतालाई बचाई राख्न धरानमा हरेक बर्ष प्राकसस्तरीय प्रतियोगितात्मक साकेला शिली प्रर्दशनी आयोजना गर्दै आइरहेको छ । यसपटक जेठ १४ गते धरान १७ स्थित साकेला पार्कमा प्रतियोगितात्मक साकेला शिली प्रर्दशनी कार्यक्रम हुने यायोक्खाले जनाएको छ । 

तस्बिरहरु: विकास चाम्लिङ

भिडियो:

sakela1

sakela9

sakela10

sakela11

sakela12

sakela13

sakela15

sakela16

sakela18

sakela28

sakela26

sakela25

sakela24

sakela20

sakela19