धरान:धरानको खोलाहरु उत्खनन् गर्न ठेक्का लगाउन नहुने मेयर हर्कराज राई (साम्पाङ)को एजेण्डाप्रति समर्थन जनाउदै बिहिबार उपमहानगरपालिकाअघि प्रर्दशन भएको छ ।

मेयर साम्पाङको समर्थकहरुले प्ले कार्डसहित उपमहानगरको मुख्य गेटअघि प्रर्दशन गरेका हुन् । प्ले कार्डमा खोला उत्खनन् गर्न नहुनेदेखि वडाअध्यक्षहरुले खोला उत्खनन् गर्ने पक्ष लिएको भन्दै आलोचनासमेत गरिएको छ । उनीहरुले कार्यपालिका बैठकको समय २ बजेभन्दा अघि नै मुख्य गेटमा प्रर्दशन गरेका थिए ।

khola-thekka1

अघिल्लो कार्यपालिका बैठकमा खोला उत्खनन् गर्न नदिने एजेण्डा मेयर साम्पाङले प्रस्तुत गरेका थिए । उनको यो प्रस्तावबारे वडाअध्यक्ष तथा कार्यपालिका सदस्यहरुले सहमति जनाएका थिएनन् । वडाअध्यक्षहरुले अध्ययन गरेर मात्र खोला ठेक्का लगाउने कि नलगाउने भन्ने निर्णय लिनुपर्ने अडान राखेपछि मेयर साम्पाङको एजेण्डा पास भएन, र अध्ययन कार्यदल गठन गर्ने निर्णय भएको थियो। 

भिडियो:

khola-thekka5

khola-thekka3