धरान: धरानको खानेपानीको मुहान क्षेत्र सर्दु जलाधारमा वृहत वृक्षारोपण कार्यक्रम भएको छ

धरान उपमहानगरपालिकाको आयोजना तथा धरान जेसिजको संयोजनमा ११५ वटा वृक्षारोपण भएको हो । मेयर हर्कराज राई (साम्पाङ) र उपमेयर अइन्द्रबिक्रम बेघाले पनि वृक्षरोपण गरेका थिए । धरान १३ र २० को विपी पार्कमा भेला भएर करिब आधा घण्टा पदयात्रा गरेर वृक्षरोपणस्थलसम्म पुगेका थिए । मेयर राईले आफ्नो स्वर्गीय बुबाको नाममा वृक्षरोपण गरेका थिए । 

मेयर राईले परिवारका दिवंगत आफन्तहरुको स्मृतिमा विरुवा रोपेर संरक्षणको पहल पनि आफैले गर्न सबैलाई आग्रह गरेका थिए । जलाधार क्षेत्रको सिमांकनको चुनौती रहेको पनि उनले बताए । ‘जलाधार क्षेत्र कति हो भन्ने सिमांकन गर्नुपर्ने चुनौती छ । सर्वपक्षीय भेला राखेर अघि बढ्ने विचार गरिरहेको छुँ,’मेयर राईले भने,‘जलाधार कति हो भन्ने भएपछि कसैलाई पनि प्रवेश गर्ने, पार्क बनाउने, रेष्टुरेष्ट बनाउन रोक लगाउनेछौ । त्यसपछि मात्र जोगाउन सक्छौ ।’

sardu-jaladhar-plantation8

मेयर राईले खानेपानी मुहान क्षेत्रमा नुहाउन जाने, लुगा धुन जाने, पिकनिक खाने कार्य नगर्न पनि आग्रह गरेका छन् । साथै उनले डोजर, ट्याक्टर, ट्रिपर प्रवेश गर्दा भाइब्रेसनले जमिन हल्लिने र छिद्र भएर पानी हराउने भएकोले जलाधार क्षेत्रमा त्यस्ता सवारीसाधनलाई पुर्णरुपमा निषेध गर्ने आफ्नो अडान रहेको पनि बताए । उनले विरुवा संरक्षण गर्न पनि उपमहानगरपालिकाले ध्यान दिने बताए ।

उपमेयर बेघाले पनि प्रकृति जोगाउनुपर्ने उल्लेख गर्दै रोपेपछि संरक्षण गर्ने, हुर्काउने पनि गर्नुपर्ने बताए । ‘नगरपालिकाको तर्फबाट संरक्षण गर्न पनि ध्यान दिनुपर्छ,’उनले भने । वातावरण महाशाखाका प्रमुख भेषराज घिमिरेले जलाधार क्षेत्रमा चिस्यान बढाउने खालको विरुवाहरु रोपेको बताए । उनका अनुसार जामुन, सिरिस, राजवृक्ष, किम्बु प्रकारको विरुवा रोपिएको छ भने पहिरो रोक्नको लागि बाँस पनि रोपिएको बताए । ‘संरक्षणको लागि घेराबारा गछौं,’उनले भने ।

वृक्षारोपण कार्यक्रमको संयोजक धरान जेसिसका अध्यक्ष प्रतिक श्रेष्ठले विश्व वातावरण दिवस मनाउदै गर्दा वृक्षरोपण कार्यक्रम गर्ने प्रस्ताव गरिएको र विभिन्न संघसंस्थाको सहभागितामा कार्यक्रम भएको बताए । उनले विरुवा संरक्षणको लागि घेराबारा गर्ने पनि बताए ।

भिडियो:

sardu-jaladhar-plantation3

sardu-jaladhar-plantation2

sardu-jaladhar-plantation6

sardu-jaladhar-plantation5

sardu-jaladhar-plantation4

sardu-jaladhar-plantation7

sardu-jaladhar-plantation9

sardu-jaladhar-plantation10

sardu-jaladhar-plantation11

sardu-jaladhar-plantation13

sardu-jaladhar-plantation12