धरान: विश्व वातावरण दिवस मनाउने क्रममा शुक्रबार धरानमा आयोजित कार्यक्रममा भानुचोक क्षेत्रलाई सवारी साधन निषेध गर्नेबारे बहस भएको छ । 

कार्यक्रममा साइकल सिटी अभियन्तासमेत रहेका दिगो विकास इन्स्टिच्युटका साहिल श्रेष्ठले विकास र समृद्धिको दौडले विश्वभर वातावरणको मुद्दा ओझेलमा पर्न नहुने बताए । उनले विकास र वातावरणको मुद्दा एकअर्कामा जोडिएको उल्लेख गर्दै प्रकृतिलाई दोहन गरेर सकेसम्म धेरै उत्पादन गर्नुलाई विकास मान्ने, ठुला गाडी र सडकलाई विकास मान्ने चलन अन्त्य गर्नुपर्ने बताए । 

‘अहिलेको सन्ततीले प्रकृतिको उपभोग गर्दा हामी पछिको पुस्तालाई अन्याय नहोस्, पछिको पुस्ताको अधिकार हनन् नगरी, अन्याय नहुने गरी, पछिको पुस्ताको पनि भाग नखोसिने गरि भएको विकास, समृद्धि नै दिगो विकास हो,’उनले भने । सहरी विकासको परिकल्पना गर्दा गाडी रहित वा सहरको कुनै क्षेत्रलाई गाडी निषेध क्षेत्र बनाउने, निजी गाडीलाई निरुत्साहित गर्ने अवधारणा अघि बढाउनुपर्ने पनि उनले बताए । 

भानुचोक सवारी निषेध क्षेत्र बन्ला ?

bhanuchowk-buspark

धरानको भानुचोकलाई खुला सार्वजनिक थलोकोरुपमा विकास गर्न सकिने धारणा राख्दै श्रेष्ठले धरानको सहर क्षेत्रमा केही सडकहरुलाई स्वच्छ हावा पाउने क्षेत्रकोरुपमा विकास गर्नुपर्ने बताए । धरान उपमहानगरका ईञ्जिनियर सुरज श्रेष्ठले सहर र सडक धनी मानिसहरुको लागि मात्र होइन भन्ने अवधारणा रहेको सुनाए । उनले सवारी निषेधित क्षेत्र बनाउदा हुने फाइदाबारे जनतालाई बुझाउनको लागि नेटवर्क बनाएर लाग्नुपर्ने पनि सुझाव दिए ।

world-envirn1

इञ्जिनियर श्रेष्ठले जनता कन्भिन्स नहुदा रेल्वे चोक विस्तार गर्दा सवारी फ्रि जोन अवधारणाको विरोध भएको पनि सुनाए । यस्तै, यस्तै उनले सबैको समन्वय भएमा भानुचोकलाई पनि सवारी साधन फ्रि क्षेत्र बनाउन सकिने बताए । ‘त्यसको लागि हाईवे कताबाट जाने भन्ने कुरा टुंगो लगाउनुपर्छ । वाइ वे पास भएको ठाउँबाट भेहिकल फ्रि जोन गर्न गाह्रो हुन्छ,’उनले भने,‘त्यहाँको बसपार्क अन्यत्र व्यवस्थापन गर्नुपर्छ । बसपार्क निर्माण पनि भइरहेको छ ।’

भिडियो: