धरान: शनिबार बिहानै करिब ६ बजे जिल्ला ट्राफिक प्रहरी कार्यालय धरानका इञ्चार्ज श्याम बस्नेतसहित ट्राफिक प्रहरीहरु सिंहदेवी चोकमा भेला भए । 

उनीहरु त्यहाँ सवारीसाधन चेकजाँच गर्न भेला भएका भने थिएनन् । ट्राफिक प्रहरी पोशाकमै भेला भएका उनीहरु अन्य मानिसहरुसँगै फोहोर पो टिप्न थाले । सिंहदेवी चोकमा हरेक शनिबार धरानका सामाजिक अभियन्ताहरु भेला हुन्छन्, र पदयात्रामा निस्कन्छन् । सेवक अभियानको यो कार्यक्रम विगत २१२ औं हप्तादेखि जारी छ । 

hiking-with-cleanning3

आजको बिहान भने विश्व वातावरण दिवस २०२२ को अवसरमा ऐतिहासिक तथा धार्मिक पर्यटकीय क्षेत्र विजयपुरस्थित किरात दरबार र पञ्चकन्या मन्दिर क्षेत्रसम्म सरसफाई गरिएको थियो । नियमित पदयात्रा कार्यक्रमलाई यसपाली विश्व वातावरण दिवसको अवसर पारेर सरसफाई कार्यक्रम पनि आयोजना गरिएको सेवक अभियानका अध्यक्ष राजिव हलवाईले बताए । 

धरान उपमहानगरपालिकाका वातावरण शाखा प्रमुख भेषराज घिमिरेका अनुसार नगर प्रहरी, जनपद प्रहरी, सशस्त्र र ट्राफिक प्रहरीसँगै सामाजिक संघसंस्थाको सहभागितामा आफ्नो घर, आँगन मात्र होइन, समाज र धार्मिक पर्यटकीय स्थलहरु पनि सरसफाई राख्नुपर्छ भन्ने सन्देश दिन कार्यक्रम आयोजना गरिएको बताए । 

भिडियो:

hiking-with-cleanning5

hiking-with-cleanning6

hiking-with-cleanning8

hiking-with-cleanning9