धरान: सोमबार धरानको भानुचोकस्थित घण्टाघर परिसरमा चित्रकार कलाकारहरुको जमघट थियो । त्यहाँ धरान, इटहरी, विराटनगर, उर्लाबारी, बर्जु, झापाको काकडभिट्टा र धनकुटाबाटसमेत कलाकारहरु आएका थिए ।

परिवर्तनको लागि सामाजिक अभियानले धरानको पर्यटन प्रर्वद्धन गर्न चित्रकला कार्यशाला आयोजना गरेको थियो । शिक्षा, स्वास्थ्य र पर्यटनमा काम गर्ने संस्थाले यसपाली धरानको पर्यटन प्रर्वद्धन गर्न पर्यटन सम्बन्धी चित्र बनाउन कलाकारहरुलाई निम्त्याएका थिए । घण्टाघर परिसरमा यत्रतत्र छरिएर बसेका अधिकांश कलाकारहरुले धरानको पहिचान बनेको घण्टाघरलाई नै क्यानभासमा उतारे । एउटा घण्टाघरलाई कलाकारहरुले आ आफ्नो दृष्टि र शैलीमा रंग पोतेका थिए, जुन कार्यक्रमकै महत्वपुर्ण पक्ष रह्यो ।

art9

तिनै कलाकार मध्ये एक थिइन्, इटहरीकी यशोदा लम्साल । उनले पनि घण्टाघरको सुन्दर चित्र बनाइन् । उनको सृर्जना त्यतिमै रोकिएन । धरानका मेयर हर्क साम्पाङको पोट्रेट अर्थात मुहार चित्र पनि तयार गरिन् । आयोजकले मेयर साम्पाङलाई पनि अवलोकनको लागि निम्ता गरेको थियो, तर कार्यब्यस्तताको कारण उनी आउन भ्याएनन् । यद्यपी, उपमेयर अइन्द्रबिक्रम बेघा र निवर्तमान मेयर तिलक राईले चित्रकला कार्यशालाको अवलोकन गरेका थिए । उपमेयर बेघाले धरानलाई पर्यटन उद्योगबाट नै धरानको समृद्धि हुने भन्दै महत्वपुर्ण कार्यक्रम भएको बताए । 

art7

आयोजक संस्थाका अध्यक्ष विष्णु वरालले पर्यटन प्रर्वद्धनको लागि कार्यशाला आयोजना गरिएको बताए । कलाकारहरुले तयार गरेको चित्रहरुलाई विभिन्न कार्यक्रमहरुमा प्रर्दशनी गरिने पनि उनले बताए । विराटनगरबाट सहभागी अग्रज कलाकार अनुराधा थापाले यस्तो कार्यक्रमहरुले कलाको विकास हुने धारणा राखिन् । साथै, नयाँ र पुराना पुस्ताका कलाकारहरुबीच पनि भेटघाट हुने, अनुभव आदानप्रदानको मौका मिल्ने भन्दै उनले प्रशंसा गरिन् । 

भिडियो:

art

art1

art3

art4

art5

art5

art6

art2

art8

art9 1

art10

art13

art11

art12

art15