धरान:धरानलाई सफा र स्वच्छ बनाउने मेयर हर्क साम्पाङको अभियानलाई सार्थक बनाउन हङकङमा रहेका धरानेहरुले सहयोग गरेका छन् ।

हाल हङकङमा रहेका धरान १५ निवासी विष्णुकुमार राई र श्रीमति दिपा लिम्बु साथै, धरान १९ निवासी राजन लिम्बु र सरस्वती लिम्बुले सहयोग गरेका हुन् । उनीहरुले पठाएको रकमले ३४ थान डस्विन उपमहानगरपालिकालाई हस्तान्तरण गरिएको छ । धरान ११ निवासी शोभा राईले आज बिहान दाताहरुको सहयोग डस्विन मेयर साम्पाङलाई हस्तान्तरण गरिन् । धरानलाई सफा, स्वच्छ र सुन्दर बनाउने मेयर साम्पाङको अभियानबाट प्रभावित भएर हङकङबाट सहयोग गरेको दाताहरुका प्रतिनिधि शोभा राईले जानकारी दिइन्। 

dustbin 1

मेयर साम्पाङले पनि दाताहरुलाई धन्यवाद व्यक्त गर्दै धरानलाई सफा, सुन्दर बनाउने आफ्नो अठोट भएको बताए । साथै, उनले सबै नगरबासीले आफ्नो घर, आँगन र घर अघिको बाटो सफा राखेमा पुरै नगर सफा हुने पनि बताए । फोहोर व्यवस्थापनमा नै करोडौ रुपैया खर्च भइरहेको भन्दै मेयर साम्पाङले नगरबासी आफै जिम्मेवार भएर फोहोर व्यवस्थित गरेमा त्यो रकम अन्य विकास निर्माण वा सामाजिक कार्यमा खर्च गर्न सकिने पनि बताए । मेयर साम्पाङले दाताहरुबाट प्राप्त भएको डस्विनलाई आवश्यक पर्ने चोकहरुमा राखिने पनि बताए । 

भिडियो:


dustbin1 1

dustbin2 1