धरान: मेयर हर्क साम्पाङको एउटै लक्ष्य छ, धराने जनतालाई सहजरुपमा पानी खुवाउने । चुनावी एजेण्डा नै खानेपानी बोकेका मेयर साम्पाङ पदभार ग्रहण गरेदेखि नै खानेपानी जनतालाई कसरी खुवाउने भनेर लागिपरेका छन् ।

यसैक्रममा उनले धरान २० विष्णुपादुकास्थित पकुवा खोलाबाट स्रोत थप गर्ने अध्ययन गराएका थिए । त्यहाँबाट पानी ल्याएर धरान ११ का बासिन्दालाई खुवाउन सकिने रिपोर्ट आएपछि पानी ल्याउन आज (शनिबार)बाट निर्माण कार्य शुरु भएको छ । उक्त निर्माण कार्यमा मेयर साम्पाङ आफै श्रमदान गर्न पुगेका छन् ।

pakuwa5 1

उनले श्रमदान गर्न आह्वान गर्दा सयौंले साथ पनि दिएका छन् । शनिबार दिउँसो करिब १२ बजे पकुवा खोलामा मेयर साम्पाङसँगै धरानका जनताहरु पनि पुगे । मेयर साम्पाङले आफै ढुंगा बोके, गैतीले खने, र बेल्चाले ढुंगामाटो फाले । उनको अभियानलाई युवा, महिला सबैले साथ दिए । 

धरानका व्यवसायी तथा साइक्लिष्ट कुन्दन श्रेष्ठले मेयर साम्पाङको जोश देखेर साथ दिन आएको बताए । यस्तै, पर्यटनकर्मी रामप्रसाद राईले पनि धरान निर्माण गर्ने राम्रो कामलाई साथ दिन आएको बताए । गायक तथा कलाकार भक्तिराज राईले पनि जो सुकैले गरेको राम्रो कार्यमा सबैको समर्थन हुने र आफु पनि मेयर साम्पाङलाई साथ दिन श्रमदानको लागि आएको बताए । 

pakuwa9 1

मेयर हर्क साम्पाङले स्वतस्फुर्त युवाहरु श्रमदान गर्न आएको बताए । उनले पकुवा खोलाबाट पानी थप गर्दा पम्प चलाउदाको खर्च कम हुने भएकोले धेरै फाइदा पुग्ने बताए ।  ईञ्जिनियर प्रशान्त श्रेष्ठका अनुसार मुहान क्षेत्रमा २ वटा टंकी निर्माणको काम भइरहेको छ । त्यहाँबाट बर्खायाममा प्रशस्त पानी लैजान सकिने र त्यसले वडा नं ११ र १७ को लागि रेल्वे सिस्टमको भार कम हुने उनले बताए । 

भिडियो:

pakuwa3 1

pakuwa6 1

pakuwa7 1

pakuwa4 1

pakuwa8 1

pakuwa10