धरान: धरान उपमहानगरपालिकाले आगामी आर्थिक बर्ष २०७९/८० को लागि १ अर्ब ६८ करोड बजेट ल्याएको छ ।

शुक्रबार धरानको ११ औं नगरसभामा उपप्रमुख अइन्द्रबिक्रम बेघाले आगामी बर्षको लागि १ अर्ब ६८ करोड ५८ लाख २३ हजार बजेट प्रस्तुत गरेका हुन् । यो चालु आर्थिक बर्ष २०७८/८९ को भन्दा  झण्डै ३५ करोड कम हो । चालु आर्थिक बर्षमा धरानको बजेट २ अर्ब ३ करोड ६४ लाख रहेको थियो । 

आगामी आर्थिक बर्षमा कुल विनियोजन मध्ये चालुतर्फ ८३ करोड ३७ लाख ७२ हजाजर ४ सय २२ रुपैया विनियोजन गरेको उपप्रमुख बेघाले जानकारी दिए । यो कुल बजेटको ४९.४६ प्रतिशत हो । यस्तै, पूजीगततर्फ ८१ करोड ९५ लाख ५० हजार ५ सय ५८ रुपैया विनियोजन गरिएको छ  । यो कुल बजेटको ४८.६१ प्रतिशत हो भने वित्तिय व्यवस्थातर्फ ३ करोड २५ लाख विनियोजन गरिएको छ । यो १.९३ प्रतिशत हो । 

dharan-budget-click

उपप्रमुख बेघाले आगामी बर्ष खर्च व्यहोर्ने स्रोतमध्ये आन्तरिक राजश्वका स्रोतबाट २५ करोड, अन्य संस्थागत आन्तरिक अुदान ५ करोड २० लाख, संघीय सरकार अनुदानबाट ८३ करोड ४ लाख, प्रदेश सरकार अनुदान ३ करोड ५० लाख ७० हजार, संघीय राजश्व बाँडफाँटबाट २० करोड ५३ लाख ४५ हजार, प्रदेश राजश्व बाँडफाँटबाट २० करोड र अपुग हुने ११ करोड ३० लाख ८ हनजार नगद मौज्दात परिवर्तनबाट व्यवस्थापन हुने अनुमान गरेको नगरसभामा प्रस्तुत बजेटमा उल्लेख छ । बजेटले खानेपानी, पुर्वाधार विकास, पर्यटन, कृषि, शिक्षा स्वास्थ्य तथा सामाजिक विकास र विपद व्यवस्थापनलाई प्राथमिकतामा राखेको पनि उपप्रमुख बेघाले जानकारी दिए ।

dharan-budget1

बजेटमा २० वटै वडाको लागि कुल ३१ करोड ५० लाख विनियोजन गरिएको छ भने शहरी योजना तथा भौतिक पुर्वाधार विकासतर्फ ३९ करोड १० लाख, शिक्षा युवा तथा खेलकुदतर्फ ४० करोड ९७ लाख, स्वास्थ्यतर्फ ४ करोड २ लाख, सामाजिक विकासतर्फ ५ करोड ८२ लाख २३ हजार, आर्थिक विकासतर्फ २ करोड ७२ लाख विनियोजन गरिएको छ । पर्यटनतर्फ ३० लाख, सुचना तथा सञ्चारतर्फ २५ लाख, साहित्या कला र सँस्कृतितर्फ ४५ लाख विनियोजन गरिएको उपप्रमुख बेघाले जानकारी दिए ।

भिडियो: