धरान: सुनसरी उद्योग वाणिज्य संघ धरानको अध्यक्ष पदमा ३ जनाले उम्मेद्वारी मनोनयन दर्ता गरेका छन् ।

आइतबार धरान १ स्थित संघको कार्यालयमा स्थापना गरिएको निर्वाचन कार्यालयमा ३ जनाले अध्यक्षमा मनोनयन दर्ता गराएका हुन् । अध्यक्ष पदमा शिवराज श्रेष्ठ, विजय श्रेष्ठ र पवन अग्रवालले मनोनयन दर्ता गराएका हुन् । संघको महासचिव भइसकेका शिवराज श्रेष्ठ वहालवाला प्रथम उपाध्यक्ष थिए । यस्तै, विजय श्रेष्ठ अघिल्लो निर्वाचनमा अध्यक्ष पदमा गिरीधारी सापकोटासँग पराजित भएका थिए । अग्रवाल भने संघको पुर्वअध्यक्ष हुन् ।

shiwa

संघको मतदान असार २० गते हुदैछ । निर्वाचन अधिकृत राजेन्द्र शर्माका अनुसार एशोसिएट सदस्यतर्फ ३ जना सर्वसम्मत निवार्चित भइसकेका छन् भने उद्योग महिलातर्फ पनि एक जना सर्वसम्मत भएका छन् । निर्वाचन कार्यालयका अनुसार एशोसिएटमा सर्वसम्मत हुनेहरुमा गोपाल श्रेष्ठ, अशोक जैन र राजु साह छन् । यस्तै, उद्योग महिला सदस्यतर्फ स्तुती श्रेष्ठ पनि सर्वसम्मत निवार्चित भएकी छिन् । 

निर्वाचन कार्यालयका अनुसार वाणिज्यको ८ जना सदस्य पदमा २१ जनाले उम्मेद्वारी मनोनयन गरेका छन् । उद्योगतर्फ ४ जना सदस्य पदको लागि ८ जनाले मनोनयन दर्ता गरेका छन् भने वस्तुगततर्फ २ पदको लागि ५ जनाको उम्मेद्वारी रहेको छ । यस्तै, वाणिज्यतर्फ एक जना महिला सदस्यमा २ जनाले उम्मेदवारी दिएका छन् । उम्मेद्वारीमाथि दाबी विरोध, मनोनयन फिर्तालगायत प्रक्रिया पुरा गरेपछि १४ गते अन्तिम नामावली प्रकाशन गर्ने निर्वाचन कार्यालयले जनाएको छ । 

संघमा एक जना अध्यक्ष र २० जना सदस्यहरुको मात्र निर्वाचन हुने गरेको छ । अन्य पदाधिकारीहरु भने निवार्चित कार्यसमितिले चयन गर्छ भने केही सदस्यहरु पनि मनोनित गर्ने प्रावधान छ । 

bijay

pawean