धरान: कोशीबाट पानी ल्याएर काकाकुल धराने जनताको तिर्खा मेट्ने एजेण्डा बोकेका मेयर हर्कराज राई (साम्पाङ) को सपना साकार हुने क्रममा छ ।

सप्तकोशीबाट पानी ल्याउने उनको प्रमुख चुनावी एजण्डा नै थियो । उक्त एजेण्डा कार्यान्वयन हुने गरि संघीय सरकारअन्तर्गतको खानेपानी तथा ढल व्यवस्थापन विभागले अध्ययन थालेको छ । सोमबार विभाग, भारतीय र नेपाली परामर्शदाता, विशेषज्ञसहितको टोलीले सप्तकोशीको स्थलगत अध्ययन गरेको छ । मेयर साम्पाङले धरानमा ३ बर्षभित्र कोशीको पानी पुर्याउने जानकारी पाएको र धरानको लागि खुशीको खबर भएको बताए । 

मेयर साम्पाङले बर्खामा पानी खुवाउन सकिने भएपछि हिउदमा समस्या भएको र बढ्दो जनसंख्याको कारण कोशीबाट पानी लगेर मात्र पानी समस्याको स्थायी समाधान हुने बताए । उनले भने, 'यो स्वागतयोग्य आयोजना हो । त्यसैको लागि सप्तकोशीमा आएको हो ।'

koshi1

विभागका आयोजना प्रमुख वालमुकुन्द श्रेष्ठले डिपिआर तयार गर्न १२ महिना लाग्ने बताए । डिपिआर तयार भएपछि सबैबाट सकरात्मक प्रतिक्रिया र आवश्यक जग्गा उपलब्ध भएमा तत्काल योजना कार्यान्वयन गरिने उनले बताए । उनका अनुसार हाल १२ वटा स्थानीय तहमा डिपिआर भइरहेको र पहिलो चरणमा ५ वटा स्थानीय तह छनौट गर्नुपर्ने बताए । धरानको राजनीतिक नेतृत्व, नगरबासी सबैको पहल भएमा पाँच वटा सहरमा धरान छनौट हुने उनले बताए । बिशेषज्ञ एवं सिनियर इञ्जिनियर डा. चेतबहादुर परियारले डिपिआर तयार भएपछि स्रोत (बजेट) जुटेमा ३ बर्षभित्र पानी धरान पुर्याउन सकिने बताए । ‘कुनै समस्या छैन, प्राविधिकरुपमा हामीसँग भएको ज्ञानलाई प्रयोग गरेर बनाउछौं,’उनले भने ।

भिडियो: