धरान: मितेरी बि क्याटोगरी फुटसल प्रतियोगिता धरानमा शुरु भएको छ ।

धरान ११ स्थित मितेरी स्पोर्टस् सेन्टरको आयोजनामा आज (मंगलबार) देखि प्रतियोगिता शुरु भएको हो । प्रतियोगिताको उद्घाटन वडा नं ११ का वडाअध्यक्ष लोकेन्द्र फागोले रेफ्रीलाई वल दिएर गरेका थिए । प्रतियोगिताको पहिलो दिन विभिन्न ९ वटा खेलहरु आयोजना भएको थियो । उद्घाटन खेलमा आयोजक मितेरी बि विजयी भएको थियो । यस्तै, मितेरी ए, मेन्छ्याम एफसि, विग फुट, एथलेटिक धरान, एफएफसि, स्पोटस् एरिना ए, ८ युनिटी र ट्युस्डे एफसि विजयी भएको छ ।

futsul2

प्रतियोगितामा ३० वटा टिमले सहभागिता जनाएको छ । मितेरीका सञ्चालक लुकेन्द्र राईले विभिन्न स्थानमा राख्नको लागि ६ वटा ट्राफिक मिरर पनि प्रदान गरेका थिए । यस्तै, फुटसलको विकासको लागि योगदान पुर्याएको भन्दै विभिन्न युवाहरुलाई कदर पत्र पनि प्रदान गरिएको थियो । 

कार्यक्रमका प्रमुख अतिथि एवं वडा नं ११ का वडाअध्यक्ष लोकेन्द्र फागोले खेलको माध्यमबाट युवाहरु कुलतमा लाग्नबाट जोगिएको धारणा राख्दै प्रतियोगिता आयोजकको प्रशंसा पनि गरे । यसैगरि, वडा नं १६ का वडाअध्यक्ष मुरारी भट्टराईले खेलाडीहरु अनुशासित र मर्यादित भएर खेल्न आग्रह गरे । हार हुदैमा निराश नहुन र अर्को खेलको मौकामा जित्ने अवसर पाउने भन्दै उनले अनुशासित भएर निरन्तरता दिए सफलता हात पार्ने बताए । 

प्रतियोगिताको विजेताले ट्रफिसँगै नगद ५० हजार पाउनेछ भने उपविजेताले नगद २५ हजार पाउनेछ । यस्तै, उत्कृष्ट खेलाडी, उत्कृष्ट गोलकिपर र उत्कृष्ट नवखेलाडीलाई पुरस्कृत गरिने आयोजकले जनाएको छ । प्रतियोगिताको फाइनल १६ गते हुनेछ । 

भिडियो:

futsul4

futsul8

futsul6

futsul7

futsul5

futsul3

futsul1