धरान: मोरङ प्रहरीले विभिन्न स्थानीय तहको खोलाहरुमा अवैध उत्खनन् गरिरहेको अवस्थामा ९ वटा सवारीसाधन नियन्त्रणमा लिएको छ । 

ती सवारीसाधनसहित ८ जना चालकहरु पनि पक्राउ परेका छन् । प्रहरीका अनुसार केराबारी गाउँपालिका ८ स्थित खदम खोला, वडा ७ स्थित मुगु खोला, सुन्दरहरैचा नगरपालिका ५ स्थित बुढी खोला र बेलाबारी नगरपालिका २ स्थित लोहन्द्रा खोलाबाट अवैध उत्खनन् गरिरहेका सवारीसाधन नियन्त्रणमा लिइएको हो ।

ईलाका प्रहरी कार्यालय बेलबारीको टोलीले को १ ख ५८६२ नम्बरको टिफर र चालक अशोक कटवाल, को १ ख १४९१ नम्बरको जेसिबि र चालक राज लिम्बुलाई नियन्त्रणमा लिएको हो । यसैगरि, को १ ख ७२५१ नम्बरको टिफर र चालक जयराम उराव, ना ८ ख ४२६७ नम्बरको टिफर र चालक अनिल चौधरी, प्र.१-०२-००१ नम्बरको टिफर र चालक दिनेश उराव, को १ त ६८६४ नम्बरको ट्रयाक्टर र चालक काशीनाथलाई प्रहरीले नियन्त्रणमा लिएको हो ।

tripper1

यसैगरि, को २ त ५५६४ नम्बरको ट्याक्टर र चालक उज्वल पौडेल, अन टेष्ट ट्याक्टर र चालक शम्भु मग्रातीलाई पनि नियन्त्रणमा लिइएको छ भने चालक नभएको प्र १-०२-००३ त १४०१ नम्बरको ट्याक्टर पनि प्रहरीले नियन्त्रणमा लिएको मोरङ प्रहरी प्रवक्ता एवं डिएसपी दिपक श्रेष्ठले जानकारी दिए । उनका अनुसार चालकसहित नियन्त्रणमा लिइएको गाडीहरुलाई आवश्यक कारबाहीको लागि बेलबारी नगरपालिका र केराबारी गाउँपालिकाको कार्यालयमा बुझाएको पनि जानकारी दिए ।