धरान: सुनसरी उद्योग वाणिज्य संघको अध्यक्षमा विजय श्रेष्ठ निवार्चित भएका छ्न । 

आज भएको मतगणनाको परिणाम अनुसार उनले १२२५ मत ल्याएर विजयी भएका हुन् । निकटतम प्रत्यासी शिवराज श्रेष्ठले ६३६ मत मात्र ल्याए भने अर्का अध्यक्षका प्रत्यासी पवन अग्रवालले ३३३ मत ल्याए । वस्तुगततर्फ नारायण लिम्बु र रामस्वरुप शर्मा विजयी भएका छन् । उद्योगतर्फ पीयुषराज आचार्य, प्रभाव खतिवडा, महेन्द्र प्रधान र विष्णु वराल विजयी भए । 

यस्तै, वाणिज्यतर्फ उपेन्द्र चाम्लिङ, किसन मास्के, जयप्रकाश शर्मा, नविन राजभण्डारी, मनोजकुमार अग्रवाल तोदी, राजेश अग्रवाल, शैलेशकुमार आचार्य र ससि साह विजयी भएका छन् । वाणिज्य महिलातर्फ बर्षा अग्रवाल निवार्चित भइन् । 

1

2

3