झापा: झापाको भद्रपुर नगरपालिका ५ का १८ बर्षीय मोहम्बद प्यारे मोवाइल चोरीको आरोपमा पक्राउ परेका छन् । 

मोवाइल चोरीको आरोपमा समातिएका प्यारेको साथबाट पेस्तोलमा लाग्ने ८० राउण्ड गोली समेत बरामद भएको प्रहरीले जनाएको छ । यही असार २४ गते राती पुरानो भद्रपुरमा राजु अग्रवालले संचालन गर्दै आएको प्रियंका मोबाइल पसलबाट पसलमा चोरी भएको थियो । उक्त पसलबाट विभिन्न कम्पनीका मोबाइल २९  थान, घडी २ थान र नगद ६१ हजार ५ सय गरी कुल ५ लाख १८ हजार २ सय मुल्य बराबरको चोरी भएको थियो । उक्त घटनाको खोजी गर्ने क्रममा प्रहरीले प्यारेलाई २८ गते राती पक्राउ गरेको थियो । 

पक्राउ परेका व्यक्तिलाई सोधपुछ र अनुसन्धान गर्ने क्रममा चोरी भएको मध्ये १ थान मोवाइल, मोवाइलको चार्जर २७ थान वरामद भएको थियो भने प्यारेको घरबाट ८० राउण्ड पेस्तोलको गोली पनि बरामद भएको झापा प्रहरीले जनाएको छ । यसका साथै उनले सटर फुटाउन प्रयोग गरेको रड र पसलमा लगाएको तोडिएको ताला समेत बरामद भएको छ । घटानाबारे थप अनुसन्धान भईरहेको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।