धरान: धरान–१० स्थित कलेज प्राइम भिजन इन्टरनेसनल हस्पिटालिटी म्यानेजमेन्ट कलेजले आफ्ना विद्यार्थी तथा अभिभावकहरुको निःशुल्क स्वास्थ्य परिक्षण गरेको छ । 

कक्षा ११ को परिक्षाफलसंगै कलेजले आफ्नै भवनमा निःशुल्क स्वास्थ्य परिक्षण आयोजना गरेको हो । सो कार्यक्रममा बुढासुब्बा डेन्टलका डेन्टल सर्जन, विजयपुर हस्पिटलका एमबिबिएस चिकित्सक तथा खान चस्मा सेन्टर एण्ड दृष्टि नेत्रालयका प्राविधिकहरुको उपस्थिति रहेको थियो ।

कलेजका निर्देशक अनिल श्रेष्ठ अनुसार आफ्ना सन्तानको स्वास्थ्य प्रति अभिभाबकको चिन्ता रहने तर अभिभावकले आफ्नै स्वास्थ्यको बारेमा ध्यान दिन नपाउने भएकोले अभिभाबकहरुलाई पनि स्वास्थ्य राख्नको लागि कलेजले सो कार्यक्रम आयोजना गरेको हो । कक्षा १२ को शैक्षिक सत्र पनि चाडै सुरु हुने भएकोले विद्यार्थीको शारीरिक र मानसिक स्वास्थ्यको बारेमा जाँच गर्न यो कार्यक्रमले सहयोग पुर्याएको श्रेष्ठको भनाई रहेको छ ।

health1

प्राइम भिजन कलेजले बिगतका समयमा पनि विद्यार्थीहरुको सामाजिक, शैक्षिक र व्यवहारिक बिकासको लागि विभिन्न क्रियाकलापहरु गर्दै आइरहेको कलेजका कार्यक्रम संयोजक संगीत सिग्देलले जानकारी दिए । शिक्षालाई ब्यापार होइन सेवाको रुपमा बुझ्दै आएको र बिगत ५ वर्षदेखि विद्यार्थी र अभिभाबकको मन जित्न सफल प्राइम भिजन कलेजले सिमित सिटमा भर्ना लिने गरेको र गुणस्तरिय बिधार्थी उत्पादन गर्ने गरेको कलेजका सीइओ अभिषेक श्रेष्ठले बताए । होटल मेनेजमेन्टको क्षेत्रमा पछिल्लो समय प्राइम भिजनले निकै छिटो फड्को मार्दै आएको छ ।