धरान: आज साउनको पहिलो सोमबार । साउन महिना हिन्दु धर्मावलम्बीहरुको आराध्यदेव शिवको प्रिय महिना र प्रिय बार सोमबार मानिन्छ । साउनको सोमबार शिवालयहरुमा शिव भक्तजनहरुको घुँइचो लाग्छ । 

आज पहिलो सोमबार धरान १४ स्थित पिण्डेश्वर मन्दिरमा बिहानैदेखि भक्तजनहरुको भीड लागेको थियो । जल चढाउन आउने भक्तजनहरुको धेरै घुँइचो भएपछि मन्दिरको गेट बिहान २ बजे नै खोलिएको बाबाधाम समितिका कार्यालय सचिव रोहिणी खनालले जानकारी दिए । 

bolbam

साउन महिनामा धरानको पिण्डेश्वर मन्दिरमा बोलबम धार्मिक मेला नै लाग्ने गरेको छ । नेपालमा साउनको सोमबार शिवालयमा जल चढाउने चलन धरानको पिण्डेश्वर मन्दिरबाट नै शुरु भएको मानिन्छ । यहाँ साउन महिनाभरिमा लाखौं भक्तजनहरु जल चढाउन र पिण्डेश्वर महादेवको दर्शन गर्न भक्तजनहरु नेपालको विभिन्न जिल्ला, भारत र भुटानबाटसमेत आउने गरेका छन् । 

bolbam2

पछिल्लो २ बर्ष कोभिड महामारीको कारण मठमन्दिरहरु बन्द भएको थियो । जसले गर्दा बोलबम धार्मिक मेला पनि प्रभावित भएको थियो । भिडभाडको कारण संक्रमण फैलने जोखिम भएपछि सरकारले नै धार्मिकस्थलहरुमा भिडभाड गर्न तथा सर्वसाधारणहरुलाई पूजाआजा गर्न रोक लगाइएको थियो । विगत २ बर्ष पिण्डेश्वरमा जल चढाउन नपाएका भक्तजनहरु पनि यसपाली पहिलो सोमबार धेरे आएको समितिको भनाई छ । विगतमा चतरास्थित कोशी नदीको जल बोकेर पैदल हिडेर पिण्डेश्वरसम्म आउने र जल चढाउने गर्थे । तर, अचेल गाडीमा नै गएर जल बोकी भक्तजनहरु आउने गरेका छन् । 

भिडियो:

bolbam8

bolbam7

bolbam4

bolbam3

bolbam1