धरान: धरान मेघा थ्री वाई थ्री एसईई लेभल बास्केटवल प्रतियोगितामा चिल्ड्रेन एकेडेमी च्याम्पियन भएको छ । 
धरान १२ स्थित धरान मेघा कलेजको बास्केटवल कोर्टमा बुधबार सम्पन्न फाइनल खेलमा होलील्याण्ड इन्टरनेशनल स्कुललाई १२–१० को झिनो स्कोरले हराउदै चिल्ड्रेन च्याम्पियन भएको हो । उपाधिसँगै चिल्ड्रेन स्कुलले नगद ६ हजार रुपैया ट्रफि, मेडल र प्रमाणपत्र प्राप्त गरेको छ । उपविजेता होलील्याण्डले नगद ३ हजार ५ सय, ट्रफि, मेडल र प्रमाणपत्र प्राप्त गरेका छन् ।
आयोजकले विजेतालाई नगद ५ हजार र उपविजेतालाई २ हजार ५ सय नगद पुरस्कार घोषणा गरेको थियो । तर, फाइनल खेलका अतिथि सियोन स्कुलका अध्यक्ष खड्क थापा मगरले विजेता तथा उपविजेता टिमलाई पुरस्कारमा एक एक हजार रुपैया थप गरिदिएका थिए ।

प्रतियोगितामा चिल्ड्रेनका खेलाडी पारुहाङ् चोम्जोङ्गले उत्कृष्ट प्रर्दशन गरेका थिए । फाइनल खेलमा व्यक्तिगत ८ स्कोर गरेका उनी सर्वोत्कृष्ट खेलाडी पनि घोषित भए । उनले उपाधिसहित नगद ६ हजार रुपैया, ट्रफि र प्रमाणपत्र प्राप्त गरेका छन् । उत्कृष्ट खेलाडीको पुरस्कार एक हजार घोषणा गरिए पनि विशेष अतिथि एवं धरान सरोकार समाजका अध्यक्ष समाजसेवी प्रभु श्रेष्ठले उत्कृष्ट खेलाडीलाई थप नगद ५ हजार रुपैया प्रदान गरेका थिए ।
विजेता तथा उपविजेता खेलाडिहरुलाई कार्यक्रमका सभाध्यक्ष सुनसरी बास्केटवल संघका अध्यक्ष नारायण सुवेदी, कार्यक्रमका प्रमुख अतिथि धरान १८ न. वडाध्यक्ष प्रविण राई, सियोन स्कुलका अध्यक्ष खड्ग थापा मगर, धरान मेघा कलेजका प्राचार्य भाष्कर पौडेल, धरान सरोकार समाजका अध्यक्ष प्रभु श्रेष्ठले पुरस्कार वितरण गरेका थिए ।

दुई दिने प्रतियोगिताको सेमिफाइनल खेलभने वुधवार नै फाइनल खेल अघि खेलाइएको थियो । सेमिफाइनल खेलमा चिल्ड्रेन स्कुलले हिमशिखर तरहरालाई ११–१ र होलिल्याण्ड स्कुलले कामे्रल स्कुललाई १२–७ अंकले पराजित गर्दै फाइनल प्रवेश गरेका थिए । ५ कक्षा देखि यसै वर्ष एसइइ दिएका विद्यार्थी खेलाडिहरुले सहभागिता जनाएको प्रतियोगितामा १८ वटा टिमले सहभागिता जनाएको थियो । प्रतियोगिता धरान मेघा कलेजको बास्केटवल कोर्टमा सम्पन्न भएको थियो ।
भिडियो:







 
                    _1704867435.jpeg) 
		 
                     
		


 
		 
		 
		 
		



