धरान:  ब्लड फर नेपालको चौथो बार्षिकोत्सव शुक्रबार पुर्वाञ्चल क्याम्पस धरान ८, तीनकुनेमा मनाइएको छ । 

बार्षिक उत्सवको अवसरमा रक्तदान र ब्लड ग्रुपिङ कार्यक्रम आयोजना गरिएको थियो । रक्तदानमा १०१ युनिट संकलन भएको थियो भने १७० जनाको ब्लड ग्रुपिङ भएको आयोजक ब्लड फर नेपाल क्षेत्रीय क्षेत्रीय टिम सुनसरीले जनाएको छ । 

blood2

कार्यक्रममा प्रमुख अतिथि पुर्वाञ्चल क्याम्पसका प्रमुख ईञ्जिनियर ओमप्रकाश ढकाल रहेका थिए भने बिशेष अतिथि ईलाका प्रहरी कार्यालय धरानका डिएसपी बुद्ध श्रेष्ठ, क्याम्पसका प्रशासन प्रमुख भद्रबहादुर तामाङ, कार्यपालिका सदस्य सृर्जना नेपाल, होप धरानका अध्यक्ष निश्चल पलिखेको उपस्थिति रहेको थियो । यस्तै, ब्लड फर नेपालका केन्द्रीय सदस्य सरोज दाहाल, पुर्वकेन्द्रीय अध्यक्ष दिपेश मेहता, सल्लाहकार हरि श्रेष्ठ पनि उपस्थित कार्यक्रम सुनसरी जिल्ला संयोजक प्रकाश गिरीको अध्यक्षतामा भएको थियो । 

कार्यक्रममा संस्थाको परिचय तथा कार्यक्रमको औचित्यमाथि केन्द्रीय सदस्य सरोज दाहालले प्रष्ट्याएका थिए । अनोजकुमार शर्माले स्वागत मन्तव्य व्यक्त गरेको कार्यक्रमको सञ्चालन भोलिन्टियर सुविक्षा कोयु राईले गरेकी थिइन् । 

blood3

blood1