सुनसरी: सुनसरीको बराहक्षेत्र नगरपालिका ९  कोशीटप्पु बन्यजन्तु आरक्षणमा सिसौको रुखले किचेर स्कुटी चालक धरान ११ का २८ बर्षीय धिरज तामाङको मृत्यु भएको छ । 

उनको हिजो (आइतबार) दिउँसो साढे ३ बजे कोशीटप्पु बन्यजन्तु आरक्ष घुम्ने क्रममा स्कुटरमा सवार तामाङको सुकेको सिसौको रुख अचानक ढलेर किचेको थियो । रुखले किचेर उनको घटनास्थालमानै मृत्यु भएको थियो भने पछाडी सवार धरानकै २८ बर्षीय संगेन्द्र बिष्ट घाईते भएका थिए । दुवै प्र.१. ०२-०४४ प ६६८१ न. को स्कुटीमा सवार थिए । मृतक तामांग स्कुटी चलाइरहेका थिए ।

घाईते विष्टको बिराट नर्सिङ होम बिराटनगरमा उपचार भईरहेको छ । घटनास्थलमा ईलाका प्रहरी कार्यालय महेन्द्रनगरको टोली खटिएर अनुसन्धान शुरु गरेको थियो । मृतक तामांगको आज जातीय सँस्कार अनुसार अन्त्येष्टी भएको पारिवारिक स्रोतले जानकारी दिएको छ ।