धरान: सेवक अभियानले शुरु गरेको स्वास्थ्यको लागि पदयात्रा हरेक शनिबार हुदै आएको छ । 

यो अभियानले धरानमा पदयात्रा सँस्कृतिलाई व्यापकता बनाउन ठुलो भुमिका खेलेको छ । हिजोआज पदयात्रामा निस्कने धरानेहरुको संख्या ठुलो छ । यसका अगुवा हुन्, हाइकिङ बाबाको नामले पनि परिचित राजिव हलवाई । उनै हलवाईले रचना गरेको हाइकिङ गीत पनि सोमबार सार्वजनिक गरिएको छ । 

hiking-song3

उक्त गीतमा चर्चित गायक गायिकाहरु राजेश पायल राई, रमना श्रेष्ठ, मेलिना राई, प्रश्ना शाक्य, डिल्ली फोम्बो, शिव लामिछाने, पम्फा चाहारसँगै धरानका मेयर हर्क साम्पाङले पनि स्वर दिएका छन् । गीतमा मनोज मोतेले मिठो संगीत भरेका छन् । कार्यक्रममा धरान ८ स्थित अनुपमा प्याकेजिंग उद्योगले उत्पादन गरेको प्रिमियम सिटिसि चिया धरान पनि मेयर, उपमेयरलाई हस्तान्तरण गरिएको थियो । 

गीत:

hiking-song1

hiking-song6