धरान: बर्षात भइरहे पनि आफ्नो निर्धारित कार्यक्रम शनिबार बिहान ७ बजे मेयर हर्क साम्पाङ सर्दु र निशाने खोला दोभान क्षेत्रमा वृक्षरोपणको लागि पुगे । 

पानीमा रुझेर नै उनले विरुवा रोपे । उनलाई साथ दिन थुप्रै मानिसहरु पनि पुगेका थिए । त्यसैक्रममा मिस धरान सौन्दर्य प्रतियोगिताका प्रतियोगीहरु पनि विरुवा लिएर पुगेका थिए । मेयर साम्पाङले उनीहरुलाई छोटो 'मोटिभेस्नल स्पिच' दिने कार्यक्रम पनि तत्काल बन्यो । 

desh-harka4

मेयर साम्पाङले सर्दु खोला किनारमा नै प्रतियोगीहरुलाई सम्बोधन गर्दै प्रेरणादायी कुराहरु गर्दै थिए । त्यसैक्रममा उनले आफ्नो देशभक्तिपुर्ण गीतको सन्दर्भ झिके । उनले गीतको बोल भन्दैगर्दा एक्कासी मेयर साम्पाङ भावुक भए, र रुन पुगे । उनले आफुलाई सम्हाल्न खोज्दा खोज्दौ पनि सकेनन्, र धरधरी रोए । वरीपरी भएकाहरु पनि यो दृष्यले निक्कै भावुक भएका थिए । 

desh-harka2

मेयर साम्पाङले आफु सानो मान्छे भएपनि देश, विदेशबाट पाएको साथ, माया र समर्थनले आफुलाई भावुक बनाएको र रुन पुगेको प्रतिक्रिया दिए । ‘मान्छे हो, घरी मान्छेलाई हाँस उठ्छ, घरी रिस उठ्छ, रुन पनि मन लाग्दो रहेछ, त्यो स्थितिमा मलाई आज अचानक फिल भयो,’उनले क्लिकधरानसँग प्रतिक्रिया दिदै भने,‘कुनै दुःख र पीडाले होइन, हर्षले नै म रोएको हो ।’

भिडियो:

desh-harka3

desh-harka1