धरानः प्रदेश १ स्तरीय अन्तर स्कुल मेजर श्रवणकुमार लिम्वु मेमोरियल डिपो बास्केटवल रनिङ्ग कपको पहिलो दिन सगरमाथा स्कुल, चिल्ड्रेन एकेडेमि, टावर टेम्पल स्कुल विर्तामोड र कार्मेल हाइ स्कुल विजयी भएका छन् ।

  डिपो स्कुलको आयोजना तथा धरान बास्केटवल संघको प्रविधिक सहयोगमा आइतवारदेखि सुरु भएको प्रतियोगिताको पहिलो खेलमा सगरमाथा स्कुलले युएन स्कुललाई २४–२२ स्कोरले हरायो । यस्तै, दोस्रो खेलमा चिल्ड्रेन स्कुलले हिमशिखर तरहरालाई ३४–१४, तेस्रो खेलमा टावर टेम्पल स्कुल विर्तामोडले धरानको सुनाखरी स्कुललाई ३९–२ र कार्मेल स्कुलले दिल्लि पव्लिक स्कुललाई २६–१५ अकंको अन्तरले हरायो । 

पहिलो खेलमा सगरमाथा स्कुल र युएन स्कुलले प्रत्येक क्वाटरमा ७–६, ०–४, ८–६ र ९–६ अंक जोडेका थिए । दोस्रो खेलमा चिल्ड्रेन स्कुल र  हिमशिखर स्कुलल तरहराले ७–७, ४–३, ११–४ र १२–० अंक जोड्यो । तेस्रो खेलमा टावार टेम्पल र सुनाखरी स्कुलले १२–०, १४–०, ९–० र ५–२ अंक जोडेको थियो भने चौथो खेलमा कार्मेल स्कुल र दिल्लि पव्लिक स्कुलले २–२, ६–२, ११–९ र ९–२ अंक जोडेको थियो ।

basket 7

शनिवार देखि सुरु भएको प्रतियोगिताको उद्घाटन कार्यक्रमका प्रमुख अतिथि धरान उपमहानगरपालिकाका प्रमुख मेयर हर्क साम्पाङ राई र कार्यक्रमका सभाध्यक्ष डिपो स्कुल व्ययवस्थापन समिति अध्यक्ष क्याप्टेन अम्वरवहादुर लिम्वुले संयुक्त रुपमा पानसमा द्धिप वालेर गरेका थिए । प्रमुख अतिथि मेयर साम्पाङले धरानको खेलकुद क्षेत्रको विकासमा केन्द्र र प्रदेश सरकारले नै विशेष योजना र लगानि गर्न पर्ने बताए । डिपो स्कुलले विद्यालयको व्यवस्थापन समिति पुर्व अध्यक्ष दिवंगत मेजर श्रवणकुमार लिम्वुको सम्मानमा प्रतियोगिता आयोजना गरे पनि बास्केटवल खेल र खेलाडि उत्पादनमा यसको महत्वपुर्ण भुमिका रहने कार्यक्रमका विशेष अतिथि सुनसरी बास्केटवल संघका अध्यक्ष नारायण सुवेदीले बताए । 

प्रतियोगिता डिपो स्कुल व्यवस्थापन समितिका पुर्व अध्यक्ष मेजर श्रवणकुमार लिम्वुको सम्मानमा आयोजना गरिएको हो । विक्रम संवत १९९४ मा जन्मिएका लिम्वुको साउन १५ गतेको दिन २०७८ श्रावण १५ गते ८३ वर्षको उमेरमा निधन भएको थियो । उनले २०४७ देखि २०६२ साल सम्म विद्यालयको व्यवस्थापन समितिमा सल्लाहकार, २०५९ साल देखि विद्यालयको वोर्ड अफ ट्रस्ट्रिजमा अध्यक्ष र २०६२ साल देखि निरन्तर व्यवस्थापन समितिको अध्यक्षको रुपमा जिम्मेवारी सम्हालेका थिए ।

basket1 5

प्रतियोगितामा धरान र धरान वाहिरका गरि १६ वटा विद्यालयले सहभागिता जनाएका छन । प्रतियोगिताको सम्पुर्ण खेल आयोजक डिपो स्कुलको बास्केटवल कोर्टमा आयोजना गर्ने तयारी भएता पनि बर्षाको कारण प्रतियोगिताको दोस्रो, तेस्रो र चौथो खेल धरान १६ स्थित रंगशालामा भएको कर्भडहलमा सम्पन्न भएको थियो । वर्षाले बाधा पुगेमा बाँकी खेलहरु पनि धरान १६ स्थित कर्भडहलमा आयोजना गरिने डिपो आर्दश वहुमुखि क्याम्पसका प्रमुख राजकुमार राईले बताए ।

उद्घाटन कार्यक्रममा विद्यालय वोर्ड अफ ट्रस्ट्रिज कार्यवाहक अध्यक्ष भिमराज लिम्वु, प्रतियोगिताका संयोजक एवं व्यवस्थापन समिति सदस्य सिंगापुर पुलिस एएसपि विरेन्द्रविक्रम लिम्वु, व्यवस्थापन समिति सदस्य सुर्य पन्धाक, धरान बास्केटवल संघका सस्थापक डिएसपि खेगेन्द्र रिजाल लगायतको उपस्थिति रहेको थियो । भोलिको पहिलो खेल आयोजक डिपो स्कुल विरुद्ध होलिल्याण्ड स्कुल, दोस्रो खेल समिट स्कुल विरुद्ध लोटस स्कुल र तेस्रो खेल सियोन स्कुल विरुद्ध विश्वआर्दश स्कुल इटहरी विच हुनेछ ।