धरान: प्रदेश १ स्तरीय अन्तरस्कुल मेजर श्रवणकुमार लिम्वु मेमोरियल डिपो बास्केटवल रनिङ्ग कपको दोस्रो दिन होलिल्याण्ड स्कुल, लोटस स्कुल, केके इन्टरनेसनल स्कुल र सियोन स्कुल विजयी भएका छन् ।

   डिपो स्कुलको आयोजना तथा धरान बास्केटवल संघको प्राविधिक सहयोगमा आयोजित प्रतियोगितामा होलिल्याण्ड स्कुलले आयोजक डिपो स्कुललाई ३१–१८ स्कोरले हरायो । यस्तै, लोटस स्कुलले समिट स्कुललाई २८–० र सियोन स्कुलले विश्वआर्दश स्कुल इटहरीलाई ३८–८ अंकले पराजित गरेको थियो । तेस्रो खेल सयपत्री स्कुल तरहराले केके इन्टरनेसनललाई वाकओभर दिए पछि केके स्वतः विजयी भएको थियो । 

basket2

होलिल्याण्ड स्कुल र डिपो स्कुलले १०–५, ६–५, ४–२ र ११–६ अंक जोडेका थिए । दोस्रो खेलमा लोटस र समिट स्कुलले ९–०, ४–०, ९–० र ६–० अंक जोडेको थियो । तेस्रो खेलमा सियोन स्कुल र विश्व आर्दश स्कुलले १०–०, ५–२, १५–२ र ८–४ स्कोर गरेको थियो । प्रतियोगितामा धरान र धरान वाहिरका गरि १६ वटा विद्यालयले सहभागिता जनाएको छ । 

प्रतियोगिताका विजेता टिमले नगद १५ हजार, उपविजेता टिमले नगद ७ हजार ५ सय रुपैया, ट्रफि, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछन् । यसैगरि प्रतियोगिताका उत्कृष्ट खेलाडि र हाइस्कोररले जनही नगद २ हजार, ट्रफि र प्रमाणपत्र प्राप्त गर्नेछन् ।

प्रतियोगितामा भोली मंगलबारदेखि क्वाटर फाइनल खेल सुरु हुनेछ । क्वाटरफाइनल खेलमा सगरमाथा स्कुल विरुद्ध होलिल्याण्ड स्कुल, केके इन्टरनेसनल विरुद्ध चिल्ड्रेन एकेडेमि, कामे्रल स्कुल विरुद्ध लोटस स्कुल र टावर टेम्पल झापा विरुद्ध सियोन स्कुल विच प्रतिस्पर्धा हुनेछ । 

basket1