धरान: आइतबार उपमहानगरपालिकामा आफ्नो कार्यकक्षमा तोडफोड र गालीगलौज भएको घटनामा धरानका मेयर हर्क साम्पाङले २ जना विरुद्ध प्रहरीमा जाहेरीमा दिएका छन् ।

मेयर साम्पाङले सोमबार ईलाका प्रहरी कार्यालयमा जाहेरी दिएका हुन् । मेयर साम्पाङले क्लिकधरानसँग कुरा गर्दै जाहेरी दिइसकेको जानकारी दिएपनि कस्को विरुद्ध दिएको हो भन्ने खुलाएनन् । उनले भने,‘दोषीहरुमाथि कडा भन्दा कडा कारबाही हुन्छ । तपाईहरुले थाह पाइहाल्नुहुन्छ ।’ आइतबार बराह सहकारी पीडित संघर्ष समितिले मेयर साम्पाङविरुद्ध नाराबाजी भएको थियो भने कार्यकक्षको सिसामा तोडफोडसमेत भएको थियो । 

mayor-harka-sampang

ईलाका प्रहरी कार्यालय धरानका डिएसपी बुद्ध श्रेष्ठले पनि मेयर साम्पाङले अभद्र व्यवहारको जोहरी दिएको पुष्टी गरे । उनले पनि कस्कोविरुद्ध जाहेरी दिएको भन्ने खुलाएनन् । ‘जाहेरी आइसकेको छ । अदालतबाट पक्राउ पुर्जी लिन्छौं, र थप प्रक्रिया अघि बढ्छ,’उनले भने । डिएसपी श्रेष्ठले नाम खुलाउन नमाने पनि बराह पीडित संघर्ष समितिका संयोजक खगेन्द्र नेपाली र समितिका प्रवक्ता प्रदिप बास्तोलाविरुद्ध जाहेरी दिएको बताइएको छ । 

भिडियो: