धरान: लायन्स क्लव अफ विजयपुर धरानले वुधवार वृक्षारोपण गरेको छ । 

क्लवले धरान १८ स्थित डिपो स्कुलमा दुई सय वोट विरुवा रोपेको हो । ड्रिस्ट्रिक ३२५ गर्भनर लायन्स धिरज गुरुङ्गको एक वर्षमा पाँच हजार बोट रुखको विरुवा रोप्ने अभियान अन्तर्गत लायन्स क्लव विजयपुर र लियो क्लव अफ विजयपुरले संयुक्त रुपमा विरुवा रोपेको हो । क्लवले जामुन, तेजपत्ता, सखुवा, सजिवनि, अम्वक, मेवा लगायत रुख र फलफुलका विरुवाहरु रोपेको गर्भनर लायन्स गुरुङ्गले जानकारी दिएका छन् । 

अभियान अन्तर्गत धरानका लायन्स क्लवहरुले अहिलेसम्म धरानमा पैतिस सय रुख र फलफुलका विरुवाहरु रोपेको जानकारी दिएका छन् । वृक्षारोपन कार्यक्रममा प्रमुख अतिथि डिस्ट्रक गर्भनर लायन्स धिरज गुरुङ्ग, लायन्स क्लव अफ विजयपुरका अध्यक्ष ममता शाक्य, क्लवका सचिव टंककुमारी गुरुङ्ग, लियो क्लवका अध्यक्ष प्रतिक ओझा लगायतको उपस्थिति रहेको थियो ।