विराटनगर: प्रहरीले बिराटनगर महानगरपालिका वडा नं ३ बाट तास खेलिरहेका ८ जनालाई पक्राउ गरेको छ । 

विशेष सूचनाको आधारमा जिल्ला प्रहरी कार्यालय मोरङको प्रहरी टोलीले नेपाली र भारतीय नगदसहित पक्राउ गरेको हो । उनीहरुको साथबाट नेपाली रुपैया ५१ हजार २९८, भारतीय नगद २ हजार १ सय, र ३ बुङ तास पनि वरामद भएको प्रहरीले जनाएको छ । 

मोरङ प्रहरीका अनुसार पक्राउ पर्नेहरुमा विराटनगर महानगरपालिका वडा नं.३ का ३९ बर्षीय नारायण राई, ४६ बर्षीय अमित कार्की, वडा ४ का ३८ बर्षीय भुवन के.सी., ४० बर्षीय दैलेश कुमार कार्की, बुढिगंगा गाउँपालिका १ का ४८ बर्षीय भुपेन्द्र राई, बुढिगंगा २ का ६४ बर्षीय पूर्ण पाण्डे रहेका छन् । यस्तै, बुढिगंगा २ का ४५ बर्षीय तिर्थ के.सी., ४९ बर्षीय कृष्ण बहादुर मगरलाई पनि पक्राउ गरेको प्रहरीले जनाएको छ । उनीहरुलाई जुवा कसूरमा ५ दिनको म्याद थप भई अनुसन्धान कार्य भईरहेको पनि प्रहरीले जानकारी दिएको छ ।