सुनसरी: श्रमितिको हत्या गरेर फरार रहेका इनरुवाका एक व्यक्ति चार बर्षपछि पक्राउ परेका छन् । 

जिल्ला प्रहरी कार्यालय सुनसरीका अनुसार ईनरुवा नगरपालिका ४ की २३ बर्षीया अनिता देवी खत्वेको हत्या गरी उनका श्रीमान् ३५ बर्षीय विनोद कुमार खत्वे फरार भएका थिए । उनले २०७४ जेठ ४ गते राती श्रीमतीको हत्या गरेर भागेका थिए ।

फरार भएका खत्वेलाई चार बर्षपछि जिल्ला प्रहरी कार्यालय सुनसरीको टोलीले गएको सोमबार साँझ पक्राउ गरेको जनाएको छ । श्रीमतीको हत्या आरोपमा पक्राउ परेका खत्वेबारे थप अनुसन्धान गरिरहेको सुनसरी प्रहरीले जनाएको छ ।