सुनसरी: सुनसरीको बराहक्षेत्र नगरपालिका ९ स्थित सप्तकोशी नदीको भंगालोमा डुबेर एक बालकको मृत्यु भएको छ ।

हिजो दिउँसो पौने २ बजे सरस्वती माबि राजाबासमा कक्षा ६ मा अध्ययनरत बराहक्षेत्र ९ राजाबासका राज कुमार माझीको १२ बर्षीय छोरा अमर माझीको मृत्यु भएको हो । बिद्यालयमा टिफिनको समयमा सप्तकोशी नदीको भंगालोमा पौडी खेल्न गएका अमरको पौडी खेल्ने क्रममा पानीमा डुवेको अबस्थामा स्थानियले फेला पारेको थियो ।

उनलाई स्थानीयले उद्दार गरी उपचारको लागि नगर अस्पताल चक्रघट्टी लगेका थिए । अस्पतालमा उपचारको क्रममा बाललको मृत्यु भएको प्रहरीले जनाएको छ । उक्त घटनाबारे इलाका प्रहरी कार्यालय महेन्द्रनगरले थप अनुसन्धान गरिरहेको जनाएको छ ।