धरान: बराह सहकारी पीडित संघर्ष समितिले आफ्नो कारणले बराह बन्द नभएको प्रष्ट पारेको छ । 

संघर्ष समितिले मंगलबार आयोजना गरेको पत्रकार सम्मेलनमा पीडितहरु पैसा लिन आउने र पैसा फिर्ता गर्न नसकेपछि बराहका सञ्चालकहरु आफैले नै बन्द गराएको जनाएको छ । ‘बराह हाम्रो कारणले होइन, उहाँहरु आफैले गर्दा बन्द गरेको हो । पीडितहरु पैसा लिन आउछन्, त्यसैले आफैले बन्द गरेको हो,’ वार्ता समिति संयोजक शंकर थापाले भने,‘हामीले बारम्बार कल सेन्टर र ब्याज हिसाब गर्ने काउन्टर खोलिदिनुस् भन्यौं । त्यो पनि गर्नुहुन्न । बैशाखदेखि काउन्टर नै छैन । संघर्ष समितिले काम गर्न दिएन भन्नेर हल्ला मात्र गर्छन् ।’ 

गोर्खाले पनि हाल्यो मुद्दा

संघर्ष समितिका कार्यवाहक प्रवक्ता रामबहादुर परियारले बराह सञ्चालकहरुले सम्पत्ति तथा जायजेथा खुला गरिदिन आग्रह गरेपनि संघर्ष समितिले रोक्का प्रक्रिया अघि बढाउनुभन्दा पहिला नै सम्पत्ति तथा जायजेथा रोकिएको बताए । गोर्खाको भवन खरिद गरेपछि श्रीपा सुपरमार्केट नामकरण गरेको र गोर्खाको सञ्चालकले अझै ५ करोड रकम नपाएपछि उनले पनि मुद्दा हालिसकेको परियारले जानकारी दिए । 

जनताको धितो सुन पनि लिलामीमा 

baraha-ko

सर्वसाधारण जनताले ऋण लिदा धितो राखेको सुन पनि बराह सञ्चालकहरुले बैंकमा राखेर करोडौं ऋण लिएको र अहिले बैंकले लिलामीको सुचना निकालेको संघर्ष समितिले जानकारी दिएको छ । कार्यवाहक प्रवक्ता परियारका अनुसार प्राइम बैंकले लिलामीको नोटिस दिइसकेको छ । 

उक्त बैंकबाट ४ करोड ४० लाख ५६ हजार जनताको धितो सुन राखेर पैसा निकालेको उक्त सुचनामा उल्लेख छ । आफुहरु सुन निकाल्न जादा बैंकले मानबहादुर विश्वकर्माको नाममा सुन राखिएको र ऋण पनि उनकै नाममा भएकोले अन्यलाई दिन नमिल्ने जवाफ दिएको पनि प्रवक्ता परियारले जानकारी दिए । 

यस्तै, २०७९ जेठ २१ गते मानबहादुर विश्वकर्माले पेश गरेको बित्तिय विवरणमा बराहमा ४५ करोड ९८ लाख बराबरको सुन भएको उल्लेख छ । तर, अहिले उक्त मुल्य बराबरको सुन बराहमा छैन । त्यो सुन कहाँ भनेर प्रश्न गर्दा नगदमा भुक्तानी गरेको जवाफ दिएको पनि परियारले बताए । तर, भुक्तानी दिएकै भए पनि संघर्ष समितिसँग समन्वय नभएको साथै दुःख विराम भएका, वृद्ध, अशक्तहरुलाई पैसा नदिई सञ्चालकहरुको निकट व्यक्तिहरुलाई मात्र फिर्ता दिएको उनले बताए । 

भिडियो: