धरान: युनिक पुल हाउस एण्ड खाजा घरको आयोजनामा बिहिबारदेखि युनिक पुल हाउस धरान स्नुकर च्याम्पियन २०७९ हुने भएको छ ।

धरान ५ सिरान देउरालीस्थित युनिक पुलहाउस एण्ड खाजा घरको उद्घाटनको अवसरमा प्रतियोगिता हुन लागेको हो । प्रतियोगितामा धरान भरिका ५० टिमले सहभागिता जनाउने आयोजकले जनाएको छ। प्रतियोगिताको विजेताले नगद ३० हजार, ट्रफि र प्रमाणपत्र प्राप्त गर्नेछन् । यसैगरि उपविजेताले नगद २० हजार, ट्रफि र प्रमाणपत्र प्राप्त गर्नेछन् । व्यक्तिगत पुरस्कार तर्फ प्रतियोगिताको सेन्चुरी व्रेकले नगद १५ हजार र हाइएस्ट ब्रेकरले नगद १० हजार रुपैया, ट्रफि र मेडल प्राप्त गर्नेछन् ।

धरानका स्नुकर खेलाडीहरुलाई प्रोत्साहन गर्न तथा स्नुकर खेललाई प्रर्वद्धन गर्नका लागि प्रतियोगिता आयोजना गर्न लागिएको प्रतियोगिताका संयोजक एवं आयोजक युनिक स्नुकर हाउस एण्ड खाजा घरका संचालक चन्द्र लिम्वुले बताए । धरानमा थुर्पै राष्ट्रिय स्तरको व्यवसायीक स्नुकर खेलाडीहरु भएपनि स्थानिय निकायले यो खेल तथा खेलाडीहरुको लागि कुनै पनि कार्यक्रम योजना तयार नगरेको उनको भनाई छ । 

युनिक स्नुकर तथा खाजा घर भदौ १ गतेदेखि ट्रायल ओपनिङ्गको रुपमा सुरु भैसकेको छ । भदौ २३ गते देखि प्रतियोगिताको आयोजना गरेर स्नुकर तथा खाजा घरको औपचारिक रुपमा उद्घाटन गर्न लागिएको पनि संचालक लिम्वुले वताए । प्रतियोगिता दुई हप्तासम्म चल्नेछ । 

*समाचार शिर्षकमा अन्यथा भएकोले सच्याइएको छ ।