धरान: धरानको भानुचोक क्षेत्रमा सडकमा आश्रित ३२ जना सडक बालक तथा सडक मानवहरुको उद्दार गरिएको छ । 

धरान उपमहानगरपालिकाको पहलमा गए राती उनीहरुलाई उद्दार गरि विभिन्न संघसंस्थाहरुमा पठाइएको छ । बालबालिका खोजतलास प्रदेश समन्वय केन्द्र, नेपाल प्रहरी र धरान नगर प्रहरीको समन्वयमा उनीहरुको उद्दार भएको हो । उद्दारको लागि उपमेयर अइन्द्रबिक्रम बेघा पनि राती भानुचोक क्षेत्र पुगेका थिए । 

सडकबाट उद्दार गरिएका बालबालिका/सडक मानवहरुलाई विराटेश्वर जेष्ठ नागरिक विराटनगर, मायाघर इटहरी, भि.ओ.सी. इटहरी र सि.पि.सि.एस. बेलबारी मोरङमा पठाइएको उपमहानगरपालिकाले जनाएको छ ।