धरान: धरान ५ सिरान देउरालीमा रहेको युनिक पुल हाउस एण्ड खाजा घरको उद्घाटनसँगै धरान स्नुकर च्याम्पियन २०७९ शुरु भएको छ । 

बिहिबार शुरु भएको प्रतियोगिताको उद्घाटन खेलमा साहिल श्रेष्ठ, ओपनेन्ट लिम्वु र नानी भुजेल विजयी भएका छन् । उद्घाटन खेलमा साहिलले सन्जित राईलाई पराजित गरेका थिए भने ओपनेन्टले खड्क लिम्वु र नानीले युनिस राई पराजित गरेका थिए । प्रतियोगिताका विजेताले नगद ३० हजार, ट्रफि र प्रमाणपत्र पाउनेछन् भने उपविजेताले नगद २० हजार, ट्रफि र प्रमाणपत्र प्राप्त गर्नेछन् । यसैगरि व्यक्तिगत पुरस्कार तर्फ प्रतियोगिताको सेन्चुरी व्रेकले नगद १५ हजार र हाइएस्ट ब्रेकरले नगद १० हजार रुपैया, ट्रफि र मेडल प्राप्त गर्नेछन् ।

snookar1

कार्यक्रमका प्रमुख अतिथि धरान ५ नम्बर वडाका पुर्व वडा सदस्य कुमार देवानले रिवन काटेर खाजा घरको उद्घाटन गरेका थिए । साथै, स्नुकरको सट लिदै प्रतियोगिताको उद्घाटन समेत उनले गरेका थिए । प्रतियोगितामा धरान भरिका ५२ जना खेलाडीहरुले भाग लिएका छन् । प्रतियोगिता दुई सातासम्म चल्नेछ ।

स्नुकर खेल विकास र स्नुकर खेलाडीहरुलाई प्रोत्साहन गर्न प्रतियोगिता आयोजना गरिएको खाजा घरका संचालक एवं प्रतियोगिताका संयोजक चन्द्र लिम्वुले वताए । भदौ १ गते देखि पुल हाउस र खाजा घर सञ्चालनमा आए पनि प्रतियोगिताको आयोजना गरि बिहिबारदेखि औपचारिक रुपमा शुरुवात भएको उनले बताए ।