विराटनगर: प्रहरीले विराटनगरबाट ठुलो परिणाममा घरेलु मदिरा (रक्सी) बनाइरहेको अवस्थामा एक जनालाई पक्राउ गरेको छ । 

जिल्ला प्रहरी कार्यालय मोरङका अनुसार आइतबार बिहान करिब ७ बजेर ५० मिनेटमा विराटनगर ६ बाट शुक्रराज राईलाई पक्राउ गरेको हो । अवैधरुपमा घरेलु मदिरा बनाएर बेचबिखन गरेको भन्ने सूचनाको आधारमा वडा प्रहरी कार्यालय विराटनगरको टोलीले उनलाई पक्राउ गरेको जनाएको छ ।
raksi2

प्रहरीले अन्दाजी १२० लिटर तयारी घरेलु मदिरा र १६०० लिटर कच्चा पदार्थ पनि वरामद गरेको जनाएको छ । यस्तै, मदिरा बनाउन प्रयोग गरिएको ३२ वटा भाँडा पनि वरामद भएको प्रहरीको भनाई छ । प्रहरीले राईलाई नियन्त्रणमा लिएर आवश्यक कारवाहीको लागि आन्तरिक राजश्व कार्यालय विराटनगरमा बुझाईएको पनि मोरङ प्रहरीले जानकारी दिएको छ ।

 raksi1