धरान: निस्सा विरतण भइसकेका धरान १३ राई टोलका ३० घर सुकुम्बासी परिवारको जग्गा नापजाँच कार्य शुरु भएको छ । 

आइतबार बेलुकी धरानकका उपमेयर अइन्द्रबिक्रम बेघाले जग्गा नापजाँच कार्यको शुरुवात गरेका हुन् । यसअघि लगतफारम भरेका स्थानीयलाई निस्सा प्रमाणपत्र वितरण गरिएको थियो । उपमेयर बेघाले फिल्डमा देखिएको समस्यालाई समाधान गर्दे जाने र सुकुम्बासीहरुलाई धनीपुर्जा वितरण गरिछोड्ने बताए । राई टोलको जग्गा धरान उपमहानगरपालिकाको नाममा स्रेस्ता कायम भएको भन्ने कुरा आएको भन्दै त्यसलाई पनि आवश्यक प्रक्रियामा लैजाने बेघाले बताए । 

sukumbasi1

राष्ट्रिय भुमी आयोग सुनसरीका अध्यक्ष भगीरथ खत्वेले धरानको राईटोललाई प्राथमिकता दिएर काम शुरु गरेको जानकारी दिए । सरकार फेरिए पछि आयोग पनि फेरिने गरेको भन्दै खत्वेले निश्चित समय दिएर आयोगले काम गर्न पाए समस्या चाडै समाधान हुने बताए । आफ्नो आयोगले विगतको अधुरो कामलाई स्वामित्व ग्रहण गरेर नै अघि बढाएको उनले बताए । धरानमा मात्रै १३ हजार ३१० परिवारले फारम भरेका छन् भने बराहक्षेत्रमा लगभग १४ हजारको तथ्यांक भएको उनले बताए । 

राई टोलका बासिन्दा कमला राईले पुर्जा पाउने आशा जागेको बताए । देखिएको समस्या समाधान गरेर पुर्जा पाउने अपेक्षा लिएको पनि उनले बताइन् । सुकुम्बासी भनेर हेयको दृष्टिले हेर्ने गरेको भन्दै उनले पुर्जा पाएपछि आत्मसम्मान पनि बढ्ने बताइन् । भुमि अधिकारको लागि निरन्तर लडेकी सामाजिक अभियन्ता सीता मगरले पनि काम फिल्डमा शुरु भइसकेको कारण यसपाली पुर्जा पाउने विश्वासको आधार बनेको बताइन् ।

भिडियो: