धरान: गण्डकी प्रदेशमा हुन लागेको ९ औं राष्ट्रिय खेलकुद प्रतियोगिताको लागि शुक्रबार धरानमा साइक्लिङको प्रदेश १ स्तरीय खेलाडी छनौट प्रतियोगिता भएको छ । 

प्रदेश खेलकुद बोर्ड तथा सुनसरी साइक्लिङ संघको आयोजना एवं व्यवस्थापनमा धरान १४ विजयपुरस्थित पञ्चकन्या जङ्गलमा छनौट प्रतियोगिता भएको हो । प्रतियोगितामा सुनसरीसँगै मोरङ, झापा, इलाम, ओखलढुङ्गालगायत जिल्लाबाट करिब ४ दर्जन महिला तथा पुरुष खेलाडीहरु सहभागी भएको सुनसरी साक्लिङ संघका अध्यक्ष राजन लिम्बुले जानकारी दिए । 

cycling2

छनौट प्रतियोगिता डाउनहिल र क्रस कन्ट्री विधाको भएको थियो । डाउन हिलमा पुरुषतर्फ सुनसरीका दिपक जिमी प्रथम, सौगात मगर दोस्रो, समृद्ध लिम्बु तेस्रो र उदयपुरका अवतार राई चौथो हुदै छनौट भएका छन् । महिलातर्फ सुनसरीकी आशा लिम्बू, इन्द्रकला लिम्बु निक्की र इलामकी तेसिका राई क्रमशः प्रथम, दोस्रो र तेस्रो हुदै छनौट भएकी छिन् । 

यसैगरि, क्रस कन्ट्री विधाको पुरुषमा सुनसरीका किरण लिम्बू प्रथम, उदयपुरका निमा शेर्पा दोस्रो, ओखलढुंगाका विश्वास राई तेस्रो र उदयपुरका अवतार राई चौथो भएका छन् । महिलातर्फ क्रसकन्ट्रीमा इन्द्रकला लिम्बु (निक्की) प्रथम भइन् भने आशा लिम्बु दोस्रो भइन्। 

भिडियो:

cycling1

cycling3