धरान: हिन्दुधर्मावलम्बी नेपालीहरुको महान् चाड वडा दशैं शुरु भएको छ । 

आज पहिलो दिन विधिपुर्वक घटस्थापना गरिएको छ । यस्तै, मन्दिरहरु तथा चोखो ठाउँमा जमरा पनि राखिएको छ । दशैंमा शक्तिपिठहरुमा बिशेष पुजाअर्चना हुने गर्छ । नेपालमा भएका प्रमुख शक्तिपिठ मध्ये विजयपुरमा अवस्थित दन्तकाली मन्दिर पनि एक हो । हिन्दु शास्त्रहरुका अनुसार यहाँ भगवान शिवको पहिलो पत्नी सतीदेवीको दन्तपतन भएको ठाउँ हो । 

dantakali5

दशैंमा हरेक दिन दुर्गाको फरक फरक रुपहरुको पूजाअर्चना गरिन्छ । तर दशैंअवधिभर दन्तकाली मन्दिरमा भने भक्तजनहरुले भित्र प्रवेश गर्न पाउदैनन् । जमरा घर मन्दिरभित्रै भएकोले जमरा घर बन्द गर्नुपर्दा भक्तजनहरु अन्य सामान्य दिनमा जस्तै भित्र पसेर पुजा गर्न नपाउने पुजारी कमलप्रसाद भट्टराईले जानकारी दिए । दशमीको दिन विहान नित्यपुजा सकेपछि फुलपाती सेलाउन निकालेपछि मात्र भक्तजनहरुको लागि मन्दिर खुल्ने उनले बताए । आज (घटस्थापना)को दिनमा नै बिहान १० बजेर २३ मिनेट साइतमा जमरा पनि राखिएको उनले बताए । माओवादी जनयुद्ध र अघिल्लो २ बर्ष कोरोनाको कारण विगतमा जस्तो नौरथा मेला भने लाग्न छोडेको उनले बताए । 

भिडियो:

dantakali1

dantakali2

dantakali

dantakali4

dantakali3