धरान: सुनसरी क्षेत्र नं १ जनता समाजवादी पार्टी (जसपा) को भागमा परेपछि नेकपा एमालेभित्र भुकम्पको स्थिति सृर्जना भएको छ ।

जित सुनिश्चित भएको निर्वाचन क्षेत्र गठबन्धनको नाममा जसपाको भागमा परेपछि एमालेभित्र खैलाबैला छ । एमालेका नेता, कार्यकर्ताहरु पार्टी निर्णयबाट स्तब्ध मात्र होइन, त्यसविरुद्ध सामाजिक सञ्जालमा तीब्र असन्तुष्टी प्रकट गरिरहेका छन् । आज शनिबार भने उनीहरुले भेला गरेर पुर्वमेयर तथा प्रदेश नं १ कमिटी सचिवालय सदस्य मनोजकुमार मेन्याङ्बोलाई स्वतन्त्र (बाघी) उम्मेद्वार बनाउने निर्णय पनि गरेका छन् ।

ताप्लेजुङ् सुनसरी सरोकार समाजको धरान ८ भवनस्थित होटल कञ्चनजंघामा आयोजित भेलाले आज राती १२ बजेसम्म निर्णय सच्याउन पार्टी नेतृत्वलाई अल्टिमेटम दिएको छ । उक्त समयसिमा भित्र निर्णंय नसच्चिए नेता मेन्याङ्बोले स्वतन्त्र उम्मेद्वारी दिने घोषणा गरेका छन् । उनले मध्यराती १२ बजेपछि आफु एमालेको साधारण सदस्य पनि नरहने र स्वतन्त्र नागरिकरुको रुपमा स्वतन्त्र उम्मेद्वार दिने बताए ।

manoj2

पार्टीले धरानमा मेयरको उपनिर्वाचन, गएको स्थानीय तह निर्वाचनमा उम्मेद्वारबारे गलत निर्णय गरेकै कारण पराजय व्यहोरेको भन्दै उनले अघिले जित सुनिश्चित भएको अवस्थामा सुनसरी क्षेत्र १ अर्को पार्टीलाई सुम्पनु पनि गलत निर्णय भएको बताए । आफु संघमा स्वतन्त्र उम्मेद्वार भए पनि प्रदेशसभा क र ख मा भने एमालेकै उम्मेद्वारलाई जिताउने पनि उनले बताए । 

सोही भेलाले प्रदेश कमिटी सदस्य किशोरकुमार कार्कीको संयोजकत्वमा १०१ सदस्यीय निर्वाचन परिचालन मुल कमिटी गठन गरेको छ भने घनश्याम तिम्सिनाको संयोजकत्वमा प्रचारप्रसार कमिटी पनि गठन गरेको छ । सोही भेलामा नेता, कार्यकर्ताहरुले स्वतन्त्र उम्मेद्वारलाई आर्थिक सहयोगको घोषणा पनि गरेका थिए । साथै, निर्णय नसच्चिए आइतबार ११ बजे र्यालीसहित उम्मेद्वारी दर्ता गर्न जाने भेलाले निर्णय गरेको छ । 

manoj1

मंसिर ४ को निर्वाचनमा एमालेबाट सुनसरी १ मा प्रतिनिधिसभातर्फ जयकुमार राई सर्वसम्मतरुपमा उम्मेद्वार सिफारिश भएका थिए । उनले २०७४ मा कांग्रेस र जसपाका उम्मेद्वार अशोक राईलाई  अत्यधिक मतका साथ पराजित गर्दै निवार्चित भएका थिए । यसपाली पनि सत्ता गठबन्धनबाट अशोक राई र एमालेबाट जय राईविच चुनावी प्रतिस्पर्धा दोहोरिने आँकलन हुदै गर्दा राजनीतिमा आएको वदलावले एमाले प्रतिनिधिसभामा उम्मेद्वारविहिन हुन पुगेको छ । 

भिडियो: