धरान: मंसिर ४ गतेको प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनको लागि उम्मेद्वारी मनोनयन दर्ता गराएकाहरुलाई आज दिउँसो १ बजेसम्म मनोनयन फिर्ता गर्ने समय रहेको छ ।

निर्वाचन आयोगका अनुसार बिहान १० बजेदेखि दिउँसो १ बजेसम्म मनोनयन गरेका उम्मेद्वारहरुलाई नाम फिर्ता गर्ने समय दिइएको छ भने दिउँसो १ बजेदेखि ४ बजेसम्म अन्तिम नामावली प्रकाशन गरिनेछ । साथै, आजै ४ बजेदेखि ७ बजेसम्म उम्मेद्वारहरुलाई निर्वाचन चिह्न निर्वाचन अधिकृतले प्रदान गर्नेछ । सुनसरी क्षेत्र नं १ का निर्वाचन अधिकृतको कार्यालयका अनुसार मनोनयन दर्ता गराएका कसैकोविरुद्ध उजुरी दर्ता भएको छैन ।

राजनैतिक दलबाट उम्मेद्वार मनोनयन दर्ता गरेकाहरुलाई दलको चिह्न प्रदान हुनेछ भने स्वतन्त्र उम्मेद्वारहरुलाई स्वतन्त्रको लागि आयोगले निर्धारण गरेको निर्वाचन चिह्न प्रदान गरिनेछ । 

candi