धरान: दशैँ तिहारको बिचको समय पारेर आयोजना गरिएको चर्चित गायक गायिकाहरु सम्मिलित बर्डवाइजर मेलोडी कन्सर्ट २०२२  भव्यरुपमा सम्पन्न भएको छ । 

धरान १२ स्थित पब्लिक हाईस्कुलको मैदानमा आयोजित कन्सर्टमा चर्चित गायकगायिकहरुले आफ्नो प्रस्तुतीले फ्यानहरुलाई भरपुर मनोरञ्जन दिलाए । कन्सर्टमा अहिलेकी सर्वाधिक ब्यस्त गायिका मेलिना राईसंगै धरानबाट उदाएका चर्चित गायक डिल्ली फोम्बो, गायिका सुनिता थेगिम, गायक शुक्रराज लिम्बु, धरानको ब्यान्ड तपस्वी ब्याण्ड र भोइस अफ नेपाल चौथो सिजनकी प्रतियोगी सबिना योङ्गहाङ्ग लिम्बुले दमदार प्रस्तुती दिए । 

melina1

गायिका मेलीना राईले कम्मरमाथि पटुकी, कुटुमा कुटु, शिरैमा शिरबन्दी, असारे महिना, एक कान दुई कान मैदान, माया बिरानी, तिमीले बाटो फेर्यो अरे, नाच फिरिरी, कसरी–कसरी, रातो टिका निधारमा जस्ता आफ्ना चर्चित गीतहरु गाइन् ।

यस्तै, डिल्ली फोम्बोले तिम्रो लागि, माईली, तिम्रो सुन्दरता, म माया लाउँदिन, आउछु म भनेर, कलिलो तामालाई लगायतका गीतहरु प्रस्तुत गरेर दर्शकहरुलाई आफ्नो भरपुर मनोरञ्जन दिलाए । उनलाई धरानको लोकप्रिय तपस्वी ब्याण्डले साथ दिएको थियो । यस्तै, सुनिता थेगीमले बिनायो कंगकंग लोकगीत संगै बाबरी चलचित्रको हिट गीत चुलबुल चुलबुल तिम्रो बानी, आँखामा आउने सपनी र तिम्रो मुटु पनि लगायतका गीतहरु प्रस्तुत गरेकी थिइन् । 

melina2

अहिले चलिरहेको लोकप्रिय रियालिटी शो भोइस अफ नेपाल–४ कि चर्चित प्रतियोगी सबिना योङ्गहाङ्ग लिम्बुले आजभोली तिमीले हिडने बाटो मोडयौ र हिउँदोको घाम जस्तै लगायतका गीत गाएकी थिइन् । गायक शुक्रराज लिम्बुले समेत आफ्नो चर्चित गीत तिम्रो कसम, मान्छे लगायतका गीतहरु प्रस्तुत गरेका थिए।  सम्पूर्ण कलाकारहरुलाई बिशेष अतिथि समाजसेवी तथा व्यवसायी त्रिभुवन लुङ्गफुङ्गवाले मायाको चिनो प्रदान गरेका थिए । 

एसपी इभेन्ट्स एंड इन्टरटेनमेन्टको आयोजना तथा सिल्भर इन्टरटेनमेन्टको व्यवस्थापनमा हुन सम्पन्न भएको उक्त कन्सर्टको मुख्य प्रायोजक बर्डवाइजर बियरसाथै सह ( प्रायोजक रुस्लान भोड्का,रेड्ब्लु इनर्जी ड्रिंक, डिभाईन वाइन, होटल नवयुग, महेन्द्र एक्वा र बिशेष सहयोग एनएच डीडी स्टुडियो हंगकंग र केन्द्र मोशन पिक्चर्सको रहेको थियो।सुन्दर साउण्ड सर्भिसको साउण्ड तथा लाइटले भब्यरुपमा सम्पन्न कार्यक्रम संचालन गोबिन राजभण्डारी र ईक्सा मादेनले  गरेका थिए ।

melina7

melina5

melina6

melina9