ताप्लेजुङ: मध्यराती ताप्लेजुङमा भएको ट्याक्टर दुर्घटनामा परि ४ जनाको मृत्यु भएको छ । 

इटहरीस्थित प्रदेश प्रहरी कार्यालयका अनुसार राती करिब साढे १२ बजे तेलाबुङबाट काम्साङ फर्कने क्रममा अल्फावेट नखुलेको ५६५५ नम्बरको ट्याक्टर दुर्घटना भएको हो । मैवाखोला गाउँपालिका ४ स्थित भित्रि कच्ची सडक अन्तर्गत चाप्लिङ खोल्सामा मैवाखोला-१ तेल्लाबुङ सब(स्टेशनले लिजमा लिएको उक्त ट्याक्टर अचानक भिरबाट अन्दाजी २५० मिटर तल खसेको प्रहरीले जनाएको छ । 

दुर्घटनाग्रस्त ट्याक्टरमा सवार ४ जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा मैवाखोला गाउँपालिका ५ काम्साङका ३१ बर्षीइ पासाङ शेर्पा (ट्याक्ट्रर साहु र चालक), उनकै भाई २४ बर्षीय फुर्वा शेर्पा, मैवाखोला ४ ओदकका १७ बर्षीया लाकी शेर्पा र २२ बर्षीया सर्मिला शेर्पा रहेका छन् । प्रहरीका अनुसार चालक लाइसेन्स प्राप्त भएको र मापसे नगरेको भएपनि लापरवाहीको कारण दुर्घटना भएको हो ।