धरानः पुर्वको चर्चित शहर धरानको वर्णन गर्दै तयार पारिएको गीत 'धरान शहर'को छायाँकन सकिएको छ । उक्त गीतको छायाँकन धरानसंगै चर्चित पर्यटकीयस्थल नाम्जे, भेडेटार, पाथीभरा मन्दिर क्षेत्रमा गरिएको छ।  

युमन सोदेम्बा लिम्बु, रेखा फागो, बादल चेम्जोङ्ग र सुमन खेवाको बिशेष अभिनय गरेको भ्युजिक भिडियोमा गरिमा डान्स सेन्टरका कलाकारहरु पनि सहभागी छन् । म्युजिक भिडियोको निर्देशन देवजंग थापाले गरेका हुन् । मिडिया कनेक्सनको लागि प्रकाश आङबुहाङको निर्माण रहेको उक्त गीतमा चर्चित गायिका मेलिना राई र साक्थिम योङ्गयाको युगल स्वर रहेको छ। बिष्णु खजुमको सरल शब्दमा गायक साक्थिम योङ्गयाले नै संगीत तयार गरेका हुन्। 

dharan-sahar2

मिडिया कनेक्सनको निर्माणमा तथा साक्थिम योङ्गयाको संगीतमा राजेश पायल राई, शुबानी मोक्तान लगायत अन्य चर्चित गायक-गायिकाहरुको स्वरमा समेत धमाधम गीत रेकर्ड भैरहेको र क्रमशः म्युजिक भिडिओसहित सार्वजनिक गर्दै जाने निर्माता प्रकाश आङ्ग्दाम्बेले बताए । 

dharan-sahar1