सानै उमेरदेखि सङ्घर्षशील स्वभाव भएका मुक्सामहाङ मेन्याङ्बो (मुकेश) को जन्म २०३९ साल बैशाख १ गते ताप्लेजुङ जिल्लाको साविक थेचम्बु– ८, ओख्रे (हाल याङ्वरक गाउँपालिका–१) मा भएको हो । बुबा रणबहादुर मेन्याङ्बो र आमा शिवकुमारी लिम्बूको कोखबाट जन्मिएका मुकेश चार दाजुभाइमध्ये माइलो हुन् ।

शिक्षण पेसामा रहेका बुबा वामपन्थी विचारधाराका भएका कारण आपूmमा सानै उमेरमा राजनीतिक चेत विकास भएको उनी बताउँछन् । बुबाकै प्रेरणाबाट राजनीतिमा लागेको बताउने उनी थेचम्बु माविमा अध्ययनरत् रहँदा ०५५ सालमा अनेरास्ववियु (क्रान्तिकारी) को विद्यालय इकाइ कमिटीमा आबद्ध भए । ०५७ सालमा एसएलसी उत्तीर्ण गरेपछि उनी पूर्ण रूपमा भूमिगत भए । तत्कालीन नेकपा (माओवादी)ले ०५२ साल फागुन १ गते सुरु गरेको जनयुद्धको प्रभाव त्यस बेला पूर्वी पहाडका गाउँ–गाउँसम्म पुगिसकेको थियो ।

भूमिगत जीवन थाल्दै उनी मुलुकमा २३८ वर्षे निरङ्कुश राजतन्त्रलाई फालेर लोकतान्त्रिक गणतन्त्र स्थापना गर्न माओवादीले थालेको जनयुद्धमा पूर्ण रूपमा होमिए । गाउँ–गाउँमा पर्चा, पम्प्लेट र पोस्टर वितरण गर्न तथा भित्तामा राजतन्त्रविरोधी नाराहरू लेख्दै हिँड्न थाले । उनको यो सङ्घर्ष र कार्यक्षमतालाई हेरेर पार्टीले उनलाई सबएरिया सेक्रेटरी हुँदै जिल्ला इन्चार्जको जिम्मेवारी दिएको थियो । त्यसपछि त झन् आपूmमा जिम्मेवारीबोधसँगै ऊर्जा थपिएको उनी बताउँछन् । उनको तीक्ष्ण बुद्धि र क्षमताको मूल्याङ्कन गर्दै त्यसको केही समयपछि उनलाई पार्टीले ताप्लेजुङ जिल्ला मिलिसिया कमान्डरको जिम्मेवारी दिएको थियो ।

०६१ सालमा सुनसरी यात्रा

जनयुद्ध उत्कर्षतर्फ लम्कँदै गर्दा पार्टीले राज्यविरुद्ध ‘ढाडमा टेकेर टाउकोमा हान्ने’ नीति लियो । त्यही नीतिबमोजिम शहरकेन्द्रित योजनाअनुसार २०६१ सालतिर पार्टीले उनलाई सुनसरी इन्चार्ज बनाएर पठायो । त्यस बेलादेखि नै धरान–१५ को स्थायी बासिन्दा भए पनि मुकेशले आप्mनै घरमा ढुक्कले बस्न भने पाएनन् । सुनसरी जिल्लाका विभिन्न स्थानमा सेल्टर फेरी–फेरी भूमिगत रूपमा उनी पार्टीका काममा खटिरहे । त्यस बेला तत्कालीन शाही नेपाली सेनाले थाहा पाएको भए जहाँ भेट्यो, त्यहीँ हत्या गर्न सक्ने अवस्था थियो ।

फौजी आक्रमणमा सहभागिता

muksam2

फार खोला हात्तीखर्क सुरक्षाफौजलाई केन्द्रित गरेर मुकेशकै कमान्डमा एम्बुस थापिएको थियो । त्यसबाट सुरक्षाफौजतर्पm हताहत भए पनि माओवादीतर्पm भने कुनै क्षति भएको थिएन । त्यस्तै, ०६० सालमा ताप्लेजुङको साङलुक्पाको एउटा होटलमा खाजा खाइरहेको अवस्थामा आपूmसहित तीनजना साथीहरू सेनाको घेरामा परेको कहालीलाग्दो घटना उनले सुनाए । त्यस बेला सेनाको घेरा तोडेर भाग्ने क्रममा लडेर उनी घाइतेसमेत भएका थिए । ०६१ सालमा धरानको वडा प्रहरी कार्यालयमा उनकै कमान्डमा आक्रमण गरिएको थियो । ढाडमा टेकेर टाउकोमा हान्ने शहरकेन्द्रित रणनीतिअनुसार उनको कमान्डमा भएको यो पहिलो फौजी आक्रमण थियो ।

२०६२/०६३ को जनआन्दोलनपछि पनि उनलाई पार्टीले जिल्ला इन्चार्जको जिम्मेवारी दिएको थियो । पार्टी शान्ति प्रक्रियामा आएपछि किरात मोर्चाको महासचिव भएका मुकेश पार्टीका केन्द्रीय सदस्य हुँदै ०६९ सालमै पोलिटब्यूरो सदस्य सम्म भए ।

२०७० मा संविधानसभा सदस्य उम्मेदवार

नयाँ संविधान बनाउने उद्देश्यका साथ २०७० साल मङ्सिर ४ गते भएको दोस्रो संविधानसभा निर्वाचनमा मुकेशले सुनसरी क्षेत्र नम्बर १ बाट उम्मेदवारी दिएका थिए । त्यस बेला पनि उनले जनताका घरदैलोमा पुगी यस क्षेत्रका समस्याहरूलाई राम्रोसँग बुभ्mने अवसर पाएका थिए । त्यस बेला सुनसरी–१ बाट एमालेका कृष्णकुमार राई विजयी हुँदा मुकेशले भने १० हजार मत प्राप्त गरेका थिए ।

सुनसरी–१ को विकासमा खेलेको भूमिका

२०५५ सालदेखि अविचलित र अविश्रान्त रूपमा राजनीतिमा सक्रिय मुकेशले २०७० को निर्वाचनमा हार व्यहोरे पनि सुनसरी–१ को विकास निर्माणमा आप्mनो भूमिका निर्वाह गरिरहे । धरान–१५ मा रहेको भक्तराज कन्दङ्वा स्मृति क्रिकेट मैदान निर्माणका लागि प्रारम्भिक बजेट ल्याउन उनले विशेष पहल गरेका थिए । त्यस्तै, धरान रङ्गशाला निर्माणका लागि सङ्घीय सरकारबाट बजेट ल्याउन पनि उनले विशेष पहल गरे ।

यसैगरी सेउती, ठकुरी, सर्दू, सेरा, अँधेरीजस्ता खोलामा आउने बाढीको जोखिमबाट बस्तीवासीलाई जोगाउन खोला नियन्त्रणका लागि पाँच करोड रुपैयाँभन्दा बढी बजेट उनकै पहलमा आएको हो । सेउती खोलामा रहेको ‘खत्री धारा दाहसंस्कार स्थल’ निर्माण गर्न पनि बजेटका लागि उनले पहल गरे । यसैगरी चोक्टी–पानबारी सडक निर्माण गर्न उनकै पहलमा ३५ लाख रुपैयाँ बजेट निकासा भएको हो । धरान–६ स्थित ‘सृष्टि बूढीगङ्गा दाहसंस्कार स्थल’ निर्माण गर्न ३५ लाख रुपैयाँ उनकै पहलमा निकासा भएको हो । त्यसैगरी, प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजनाअन्तर्गत विष्णुपादुकालाई ‘अदुवा–बेसार जोन’ को रूपमा विकास गर्न पनि उनले विशेष भूमिका खेलेका थिए ।

२०७९ को चुनावी यात्रा

qr

२०७९ मङ्सिर ४ गते हुन लागेको निर्वाचनमा सुनसरी क्षेत्र नम्बर १ बाट प्रतिनिधिसभा सदस्यका लागि लोकतान्त्रिक वाम गठबन्धनको साझा उम्मेदवारका रूपमा मुक्सामहाङ मेन्याङ्बो (मुकेश) अहिले चुनावी मैदानमा छन् । उनी नेकपा माओवादी केन्द्रका १ नं. प्रदेश समिति कार्यालयका सदस्यसमेत हुन् । लोकतान्त्रिक वाम गठबन्धनका साझा प्रतिबद्धताहरू यसअघि नै सार्वजनिक भइसकेको छ । त्यसमा धेरै विषयहरू समेटिएका छन् ।

साझा र युवा उम्मेदवार भएको र २४ वर्षयता निरन्तर रूपमा जनताकै बीचमा रहेर सक्रिय राजनीति गर्दै आएको हुनाले गठबन्धनको तर्पmबाट आप्mनो जित सुनिश्चित भएको मुकेशको विश्वास छ । युवाहरूलाई सिपमूलक तालिम प्रदान गरी क्षमताअनुसारको रोजगारीको व्यवस्था स्वदेशमै गर्ने उनको योजना छ । सवारी साधन र कलकारखानाबाट निस्किने प्रदूषणका कारण कार्बन उत्पादन तीव्र रूपमा बढिरहेको छ । यसले गर्दा मानव स्वास्थ्यमा ठूलो असर गरिरहेको छ ।

त्यसैले आपूmले जितेको खण्डमा धरानलाई ग्रिनसिटी (कार्बन न्यूट्रल शहर) बनाउन पहल गर्ने उनी बताउँछन् । त्यसैगरी धरानमा सांस्कृतिक पर्यटनको विकास गर्ने योजना पनि उनले बनाएका छन् । धरानमा टड्कारो रूपमा रहेको लागूऔषध दुव्र्यसनको समस्या समाधान गर्न युवालाई रोजगारमूलक तालिमको प्रबन्ध गरी काममा व्यस्त बनाउने योजना पनि उनले सुनाए । त्यसैगरी युवालाई लागूऔषधको कुलतबाट मुक्त बनाउन सचेतना कार्यक्रमलाई योजनाबद्ध रूपमा अघि बढाइने उनले बताए । 

धरानमा बीपी प्र्रतिष्ठान, हात्तीसार क्याम्पस, इन्जिनियरिङ क्याम्पस, महेन्द्र क्याम्पसलगायत निजी शैक्षिक संस्थाहरू पनि प्रशस्त भएकाले शिक्षाको स्तरोन्नति गरी धरानलाई शिक्षाको ‘हब’ (केन्द्र) बनाउन विशेष पहल गर्ने उनले बताए । खानेपानी समस्याको दीर्घकालीन समाधानका लागि स्थानीय सरकारसँग समन्वय गरेर सङ्घीय सरकारसँग विशेष पहल गर्ने उनले बताए । सुनसरी–१ मा रहेका पिण्डेश्वर, दन्तकाली, बूढासुब्बा, पञ्चकन्या, विष्णुपादुका, वराहक्षेत्र, रामधुनीलगायतका धार्मिक, ऐतिहासिक र पौराणिक स्थलहरूलाई विकास गरेर पर्यटनको केन्द्रको रूपमा विकास गरी यस क्षेत्रको आर्थिक उन्नतिमा टेवा पु¥याउने योजना पनि मुकेश सुनाउँछन् । यसका लागि सडक, पुल, खानेपानी, सुविधासम्पन्न होटल जस्ता भौतिक पूर्वाधारको विकास गरिने उनको भनाइ छ । 

यसपटकको निर्वाचनमा सुनसरी क्षेत्र नं. १ का जनताले भारी मत दिएर आपूmलाई जिताएमा यस क्षेत्रमा विकासको मुल फुटाई जनताको सेवा गर्ने चाहना रहेको उनको भनाइ छ । स्पष्ट दृष्टिकोण भएका वैचारिक नेताका रूपमा चिनिने उनी यसपटक आपूmलाई विजयी बनाएर जनताको सेवा गर्ने अवसर प्रदान गर्न आग्रह गर्छन् ।