धरान: मंसिर ४ गतेको निर्वाचनमा सुनसरी क्षेत्र नं १ प्रदेशसभा १ (ख)बाट एमालेका उम्मेद्वार विजयकुमार राईले नेकपा एमालेले सुकुम्बासी, भूमिहिन जनतालाई अधिकार सम्पन्न बनाउन ऐन मार्फत आयोग गठन गरेको तर गठबन्धन सरकारले खारेज गरेको बताए।

बराहक्षेत्र ५ कालाबन्जरस्थित कोणसभालाई सम्बोधनन गर्दै राईले भुमिहिन, सुकुम्बासीहरुलाई सम्मान स्वरुप र भुमिको अधिकार दिलाउन एमाले नेतृत्वको सरकारले आयोग गठन गरेको पनि बताए । उनले ०५१ सालमा भूमिहिन सुकुम्बासी आयोग दर्ता गर्ने पार्टी नेकपा एमाले नै भएको दाबी गरे ।  'कसैले सुकुम्बासीको समस्या समधान गर्ने आसश्वासन दिएका छन् । ती झुट हुन्, नेकपा एमालेले बाहेक अरुले यसको समाधान गर्न सक्दैन,'राईले भने । 

०७४ मा एमालेको सरकारले अघि सारेका राष्ट्र हितका योजनाहरु समेत गठबन्धनले खारेज गरेको उनले बताए । भूमिहिनहरुको हकमा नगर स्तरमै आयोग बनाएर काम गरिरहेको बेला  गठबन्धन सरकारले खारेज गरेको कारण काममा ढिला भएको पनि राईले बताए । यसको समाधान नेकपा एमालले गर्ने हुँदा नेकपा एमालेको सरकार बनाउन जनताले निर्वाचनमा मत दिएर जिताउन पनि उनले आह्वान गरे । उनले एमाले राष्ट्र र राष्ट्रियताको पक्षमा, देश र जनताको् पक्षमा भएको पनि बताए । 

स्वतन्त्रको नाममा आएर रनभुल्लमा पारिरहेको भन्दै राईले नभुलिन पनि आग्रह गरे । बराहक्षेत्रको विकासमा शिक्षा, स्वास्थ्य, खानेपानी, सडक निर्माण र रोजगारको विकासमा आफु प्रतिबद्ध रहेको समेत उनले बताए । मनमोहन अधिकारी पछि अहिले राष्ट्रिय नेता अशोक राई उम्मेद्वार पाएको भन्दै उनले जित आवश्यक भएको पनि बताए । जसपाका प्रदेश सदस्य राम माण्डुपा राईले क्षमता, भिजन भएको योग्य नेता अशोक राई भएकाृे र विकासका लागि मन्त्री बन्न सक्ने उम्मेदवारलाई मतदाताहरुले चुन्न सक्नु पर्ने पनि बताए । एमालेबाट समानुपातिक उम्मेदवार मोतिराज सुनुवारले एमालेले सारेका राम्रा एजेण्डालाई सबैले समर्थन गर्नु पर्ने बताए।