धरान: सुनसरी क्षेत्र नं १ मा प्रतिनिधिसभातर्फ राष्ट्रिय स्वतन्त्र पार्टीले १०४४ मतको अग्रता लिएको छ । 

कुल खसेको मत मध्ये ३९ हजार ६४२ मतगणना सम्पन्न हुँदा रास्वपाकी उम्मेद्वार गोमा तामाङ (सरिन)ले ७ हजार ९५२ मत पाएकी छिन् भने जसपाका उम्मेद्वार अशोक राईले ६ हजार ९०८ मत पाएका छन् । तामाङ भन्दा राई १०४४ मतले अघि छन् ।

यसैगरि, गठबन्धनबाट माओवादी केन्द्रका उम्मेद्वार मुक्सामहाङ सुब्बाले ६ हजार ५५० मत पाएका छन् भने मनोजकुमार मेन्याङ्बोले ५ हजार २९६ मत पाएका छन् । राप्रपाका उम्मेद्वार अशोक राई (अविरल)ले ४ हजार १२७ मत, तर्कबहादुर मगरले २ हजार २४७, मातृकाप्रसाद भट्टराईले १४९३ मत प्राप्त गरेका छन् ।